April 29, 2025

मानसिक रोगी अधिकारीको निःशुल्क उपचार

November 20, 2020
फोटो : कालिकादैनिक ।
- ADVERTISEMENT -

चितवन / कालिका–६, भटेनीका १९ वर्षिय मानसिक रोगी सागर अधिकारीको उद्धार गरिएको छ । आर्थिक अवस्था अत्यन्त कमजोर र विगत लामो समयदेखि मानसिक रोगको समस्या भएका अधिकारीलाई ब्युटिफुल माईण्ड ईन्स्टिच्युट अफ साइकियाट्री अस्पतालले उद्धार गरेको हो ।
खैरहनी नगरपालिका वडा नं. ११, कठार स्थित ब्युटिफुल माईण्ड ईन्स्टिच्युट अफ साइकियाट्री अस्पतालले अधिकारीको उद्धार गरेको वरिष्ठ मनोरोग चिकित्सक तथा अध्यक्ष डा. गिरीराज भन्तानाले बताए । अधिकारीको आर्थिक अवस्था कमजोर भै उपचार नपाएको थाहा पाएपछि उद्धार गरिएको डा भन्तानाले भने ।
डा. भन्तानाका अनुसार अधिकारीलाई निःशुल्क उपचार र बस्ने ब्यवस्था गर्ने समेत मिलाइएको छ । उनको उपचारको लागि चेपाङ अभियान्ता केपी किरण शर्मा, पत्रकार रवि रोशीले समन्वय गरेको हो ।
अस्पतालमा मानसिक रोगीहरुलाई आवासीय रूपमा नै राखी उपचार गरिने व्यवस्था मिलाइएको छ । यसअघि पनि अस्पतालले विपन्न तथा आर्थिक अवस्था अत्यन्त कमजोर भएका बिरामीहरुको निशुल्क उपचार गराउँदै आएको छ ।

- ADVERTISEMENT -