January 24, 2025
- ADVERTISEMENT -

पछिल्लो २४ घण्टामा ५६९९ कोरोनामुक्त, संक्रमित थप १६६९ जना

November 22, 2020

काठमाडौँ / नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६६९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । आइतबार थप १ हजार ६६९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ६६९ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख २० हजार ३०८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ५ हजार ६९९ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म १ लाख ९९ हजार २४ जना संक्रमणमुक्त भएका छन् ।
नेपालमा कोरोनाबाट थप १६ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३२१ पुगेको छ । नेपालमा हाल संक्रिय संक्रमितको संख्या १९ हजार ९६३ रहेको छ । क्वारेन्टिनमा भने ६८६ जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा पिसिआर विधिबाट देशभरका प्रयोगशालामा मात्र ८ हजार ३२ जनाको नमुना परीक्षण गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -