२०८३ जेष्ठ २५, सोमबार
June 8, 2026
२०८३ जेष्ठ २५, सोमबार
June 8, 2026 Monday
- ADVERTISEMENT -

महोत्तरीमा छ वर्षीया बालिकाको शव फेला

प्रकाशित मिति : २०७७ मंसिर ९ गते
फोटो : कालिका दैनिक ।

बर्दिवास / महोत्तरीको बर्दिबास नगरपालिका–१४ शुभम् बस्तीबाट बेपत्ता भएकी ६ वर्षीया बालिकाको शव फेला परेको छ । आइतबार साँझदेखि बस्तीबाटै हराएकी शहिद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातुनको शव भेटिएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायव उपरीक्षक राजन चापागाईँले बताउनुभयो ।
बालिकालाई हत्या गरेर बोरामा राखेर झाडीमा फालेको अवस्थामा शव सोमबार मध्य रातमा फेला परेको हो । बर्दिबास—१४ स्थित शुभम् बस्तीमा रहेको सामुदायिक परिवार कल्याण सङ्घ महोत्तरीको कार्यालयभन्दा पश्चिम विकरु साहको घर पछाडिको विनोद साहको खाली जग्गामा बालिकाको शव भेटिएको हो ।
हत्या आरोपमा एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ‘बालिकाको हत्या आरोपमा गौशाला नगरपालिका—५ का २५ वर्षीय अरुण कुमार साहलाई हामीले पक्राउ गरेका छौँ,’ डिएसपी चापागाईँले भन्नुभयो, ‘हो मैले नै बालिकाको हत्या गरेको हुँ, भनी आरोपीले स्वीकार गरेका छन्’
‘मेरो छोरीको बलात्कार गरी हत्या गरेर लास फालेको हामीलाई लागेको छ,’ बालिकाका बुवाले शहिद आलमले भन्नुभयो ।
सोमबार साँझ मदिरा खाएर गौशालास्थित घर पुगेका आरोपीले घरपरिवारलाई बालिकाको हत्या गरेको बताएका थिए । त्यसपछि उनका परिवारजनले इलाका प्रहरी कार्यालय गौशालाको जिम्मा लगाएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक प्रकाश रेग्मीले बताउनुभयो ।
गौशाला प्रहरीले बर्दिबास प्रहरीलाई आरोपी प्रहरी नियन्त्रणमा रहेको खबर गरेका थिए । सोमबार राती १२ बजे बर्दिबासका डिएसपी चापागाईँले आरोपी साहलाई लिएर शव लुकाएको स्थानमा पुग्न सफल भएका थिए ।
हत्याको बिरोधमा राजमार्ग अवरुद्ध
बालिका हत्याको बिरोध गर्दै स्थानीयहरूले महोत्तरीको बर्दिबास नगरपालिका स्थित पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । बर्दिवास नगरपालिका १४ बस्ने ६ वर्षीय एक बालिकाको हत्याको बिरोध गर्दै स्थानीयहरूले राजमार्ग अवरुद्ध गरेका हुन् । राजमार्ग अवरुद्ध हुँदा सवारी साधनहरूको लाम लागेको छ ।
घटना प्रकृति हेर्दा बालिकालाई बलात्कार गरेर हत्या भएको स्थानीयहरुले बताएका छन् । शवलाई पोस्टमार्टम लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको र रिपोर्ट प्राप्त भएपछि थप केही भन्न सकिने उहाँले बताउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.62
152.22
European Euro
1
176.47
177.17
UK Pound Sterling
1
204.25
205.06
Swiss Franc
1
192.51
193.27
Australian Dollar
1
108.29
108.72
Canadian Dollar
1
109.25
109.68
Singapore Dollar
1
118.15
118.62
Japanese Yen
10
9.48
9.52
Chinese Yuan
1
22.41
22.50
Saudi Arabian Riyal
1
40.38
40.54
Qatari Riyal
1
41.62
41.79
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.28
41.45
Malaysian Ringgit
1
37.64
37.79
South Korean Won
100
9.85
9.89
Swedish Kroner
1
16.24
16.30
Danish Kroner
1
23.61
23.70
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
493.96
495.91
Bahrain Dinar
1
402.07
403.66
Omani Rial
1
393.80
395.36