हेटौँडा / जिल्ला प्रशासन कार्यालय मकवानपुरले सार्वजनिक स्थानमा मनाइने जात्रा, मेला आयोजना नगर्नहुन अनुरोध गरेको छ । मकवानपुर जिल्लामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम यथावत नै रहेकोले मंगलबार जिल्ला प्रशासन कार्यालयले विज्ञप्ति जारी गर्दै जात्रा, मेला आयोजना नगर्नहुन अनुरोध गरेको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘सार्वजनिक स्थलमा मनाउने जात्रा, मेला आयोजनाले थप संक्रमण फैलाउने जोखिम भएकोले यसप्रकारका गतिविधिहरु नगर्नु÷नगराउनु हुन सम्बन्धित सबैमा अनुरोध गरिएको छ ।’
मकवानपुर प्रशासनका सूचना अधिकारी देवचन्द्र गड्तौलाद्वारा हस्ताक्षरित विज्ञप्तिमा कोभिड–१९ को यस विषम परिस्थितिमा आ–आफ्नै घरमा परिवारका सदस्यहरुबीच पर्व मनाउन भनिएको छ ।
- ADVERTISEMENT -