June 25, 2024

नेपालमा थप १६१४ संक्रमित, १४३७ जना संक्रमणमुक्त

November 26, 2020

काठमाडौँ / नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६१४ जनामा कोरोना भाइरस (कोभिड–१०) संक्रमण पुष्टि भएको छ । बिहीबार थप १ हजार ६१४ जनामा कोरोना भाइरस (कोभिड–१०) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ६१४ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख २७ हजार ६४० पुगेको छ ।
पछिल्लो २४ घण्टामा १ हजार ४३७ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ९ हजार ४३५ जना संक्रमणमुक्त भएका छन् । आज कोरोनाबाट थप २३ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ४१२ पुगेको छ ।
नेपालमा हाल संक्रिय संक्रमितको संख्या १६ हजार ७९३ रहेको छ । क्वारेन्टिनमा भने ६८० जना रहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -