January 15, 2025
- ADVERTISEMENT -

चितवनमा अव्यवस्थित फोटोकपी पसलले सेवाग्राहीलाई सास्ती

November 26, 2020
फोटो : हल्कारो समाचार ।

चितवन / यातायात व्यवस्था सेवा कार्यालय भरतपुर अगाडि राखिएको फोटोकपी पसलले गर्दा कार्यालयमा भिडभाड बढेको छ । कार्यालय अगाडि अव्यवस्थित तरिकाले राखिएको फोटोकपी पसलहरुले गर्दा सेवाग्राहीहरुले सास्ती बेहोर्नु परेको हो ।
अस्तव्यस्त ढंगबाट फोटोकपी पसल राख्नाले भिडभाड बढेकाले हिँडडुल गर्न समेत असहज भएको सेवाग्राही प्रेमबहादुर गुरुङ बताउँछन् । यातायात कार्यालय अगाडि नै अव्यवस्थित तरिकाले फोटोकपी पसल राख्नुको सट्टा व्यवस्थित तरिकाले सटरहरुमा राख्दिएको भए भिडभाड नहुने उनी बताउँछन् ।
हामीले पटकपटक मौखिकभन्दा समेत उनीहरुले अटेर गरेको यातायात व्यवस्था सेवा कार्यालयका सूचना अधिकारी गोविन्द पौडेलले बताए । उक्त अव्यस्थित तरिकाले राखिएको फोटोकपी पसलको भिडभाडले कोरोनाको जोखिम बढ्न मद्दत पुग्ने उनले बताए ।
उनका अनुसार पार्किङ अव्यवस्थित भएपछि डोरी टागेर राख्न पर्ने बाध्यता समेत आएको बताए । अवैधानिक रुपमा संचालन गरेका फोटोकपी पसल, अटेर गरी संचालन गरेका पसल व्यवस्थित नगरे बन्द गराउने उनले चेतावनी दिएको बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -