२०८३ बैशाख ८, मंगलवार
April 21, 2026
२०८३ बैशाख ८, मंगलवार
April 21, 2026 Tuesday
- ADVERTISEMENT -

‘निहित स्वास्र्थका लागि सरकारको नेतृत्व परिवर्तन हुदैन’

प्रकाशित मिति : २०७७ मंसिर १२ गते
सांकेतिक तस्विर ।

‘निहित स्वार्थका लागि सरकारको नेतृत्व परिवर्तन हुदैन’
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारको नेतृत्व परिवर्तन हुनै नसक्ने बताउनु भएको छ । सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री गुरुङले कुनै व्यक्ति वा समूहको निहित स्वार्थका लागि सरकारको नेतृत्व परिवर्तन हुनै नसक्ने तर्क गर्नु भएको हो ।
विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति, दोलखाद्धारा प्रकाशित पुस्तक ‘दोलखाली सर्जक पुस्तक समिक्षा’ को बिहीबार काठमाडौंमा विमोचन गर्दै उहाँले राजनीतिक स्थिरता कायम गरी मुलुकलाई समृद्ध बनाउने राष्ट्रिय संकल्पलाई पूरा गर्न प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले इमान्दारिताका साथ काम गरिरहेको स्पष्ट पार्नु भयो ।
‘कुनै व्यक्ति वा समूहको स्वार्थका लागि सरकारको नेतृत्व परिवर्तन हुनै सक्दैन,’ मन्त्री गुरुङले भन्नु भयो, ‘समृद्ध नेपालः सुःखी नेपाली’को राष्ट्रिय संकल्पलाई पूरा गर्न प्रधानमन्त्री ओलीको विकल्प छैन ।’
मन्त्री गुरुङले सरकारको नेतृत्वबाहेक मन्त्रीपरिषद हेरफेरका लागि आफूहरु मन्त्री पद त्याग गर्न तयार रहेको बताउनु भयो । उहाँले “हामी मन्त्रीहरु परिवर्तन हुन तयार छौँ, तर सत्ता र शक्तिकै लागि सरकारको नेतृत्व परिवर्तन हुँदैन” भन्नुभयो ।
मन्त्री गुरुङले कोरोना महामारी जस्तो सङ्कटको समयमा सरकारको नेतृत्व गरेको पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद हुनु दुःखद भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले जनताको भावना अनुसार जनता, राष्ट्र र राष्ट्रियताको पक्षमा काम गरिरहेको छ, यो बेलामा सकारात्मक सोचका साथ सरकारलाई सहयोग गर्न आग्रह गर्दछु ।” मन्त्री गुरुङले दोलखा जिल्लामा रहेको ‘दोलखा फिल्मी सिटी’ को संस्थागत विकासमा सरकार लागि पर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले आफू देश र जनताको हितमा समर्पित भएर काम गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।
कार्यक्रममा बोल्दै पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलले दोलखा साहित्य समृद्धिको लागि अनुपम थलो भएको बताउँदै त्यसलाई थप उचाईमा पु¥याउन सरकारसँग आग्रह गर्नुभयो । कार्यक्रममा मन्त्री गुरुङले साहित्यकार एम.बी. खड्काद्धारा लिखित ‘डाँडाको लाँकुरी’ नामक कविता सङ्ग्रहको पनि बिमोचन गर्नु भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.71
149.31
European Euro
1
175.08
175.78
UK Pound Sterling
1
201.08
201.89
Swiss Franc
1
190.39
191.15
Australian Dollar
1
106.45
106.88
Canadian Dollar
1
108.65
109.09
Singapore Dollar
1
117.00
117.47
Japanese Yen
10
9.36
9.40
Chinese Yuan
1
21.81
21.90
Saudi Arabian Riyal
1
39.65
39.81
Qatari Riyal
1
40.80
40.96
Thai Baht
1
4.63
4.65
UAE Dirham
1
40.49
40.65
Malaysian Ringgit
1
37.62
37.78
South Korean Won
100
10.11
10.15
Swedish Kroner
1
16.25
16.32
Danish Kroner
1
23.43
23.52
Hong Kong Dollar
1
18.99
19.07
Kuwaity Dinar
1
485.43
487.38
Bahrain Dinar
1
394.30
395.89
Omani Rial
1
386.25
387.81