चितवन / भरतपुर–२, क्षेत्रपुरमा अवस्थित सिद्धि विनायक बचत तथा ऋण सहकारी संस्थाले मंसिर २० देखि २४ गतेसम्म १३औं साधारण सभा मनाउने तयारी गरेको छ । विश्वव्यापी रुपमा पैmलिरहेको कोरोना भाइरस (कोभिड–१९) लाई मध्यनगर गर्दै भरतपुर महानगरपालिकाको स्वास्थ्य सुरक्षाको मापदण्ड अनुसार १३औं साधारण सभा मनाउने तयारी गरिएको आइतबार संस्थाका अध्यक्ष थिरप्रसाद धितालले जानकारी दिए ।
संस्थाका अध्यक्ष धितालका अनुसार साधारण सभा कार्यक्रमको पहिलो दिन २० गते उद्घाटन हुने र २४ गते समापन हुनेछ । साधारण सभाको पहिलो दिन मंसिर २० गते सदस्य नं. १ देखि २०० सम्म उपस्थिति गराइने र सल्लाह सुझाव संकलन गरिने कार्य हुनेछ भने दोस्रो दिन मंसिर २१ गतेबाट २२ गतेसम्म सदस्यहरुले प्राप्त गरेको चिठीको आधारमा उपस्थिति गराइने अध्यक्ष धितालले बताए ।
साधारण सभामा २१ र २२ गते बिहान ९ देखि ११ बजेसम्म, दिउँसो १२ देखि २ सम्म र ३ देखि ५ बजेसम्म तीन चरणमा सदस्यहरुलाई सहभागी गराइने उनको भनाइ छ । एक दिनमा ६०० को दरले तीन चरणमा सदस्यहरुलाई उपस्थिति गराउने तथा सुझाव संकलन गर्ने कार्यक्रम रहेको उनले भने ।
कार्यक्रममा विभिन्न कारणले छुटेका सदस्यहरुलाई २३ गते उपस्थित गराएर हस्ताक्षर गर्न पाउने व्यवस्था पनि मिलाइएको छ । मंसिर २४ गते सदस्य १ देखि १०० जना बराबर ४ जना प्रतिनिधि सदस्य चयन गरिने छ भने कुल सदस्यहरुबाट जम्मा ५६ जनाको प्रतिनिधि सदस्य चयन गरिनेछ । मंसिर २४ गते अर्थात् अन्तिम दिन संचालक समिति, कर्मचारी र ५६ जना सदस्यहरुको सहभागितामा प्रतिनिधिमूलक साधारण सम्पन्न गर्ने लक्ष्य रहेको उनले जानकारी दिए ।