चितवन / स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले चिकित्सक एवम् स्वास्थ्यकर्मीहरु सरकारी अस्पतालभन्दा बाहिर बढी व्यस्त हुने गरेको बताए । चितवनस्थित भरतपुर अस्पतालको आकस्मिक सेवा भवन र सरुवा रोग सेवा भवनको शिलान्यास कार्यक्रममा मन्त्री ढकालले चिकित्सक एवम् स्वास्थ्यकर्मीहरु सरकारी अस्पतालभन्दा बाहिर बढी व्यस्त हुने भएकाले सरकारी अस्पतालको सेवा प्रभावित बन्ने गरेको बताएका हुन् ।
उनले सरकारी अस्पतालको पारिश्रमिकले कम भएकाले यसलाई व्यवस्थापन गर्न सरकारले एक चिकित्सक एक स्वास्थ्य संस्था कार्यक्रम पाइलट प्रोजेक्टको रुपमा ल्याउन लागेको जानकारी गराए । उनका अनुसार कोरोना भाईरस (कोभिड १९) विरुद्धको खोप ७२ प्रतिशत जनतालाई उपलब्ध गराउने र १४ वर्ष मुनिकाका लागि खोप परीक्षण नै नगरिएकाले लगाउन नमिल्ने बताए । उहाँले खोप कति अनुदानमा र कति सरकारले खरिद गरेर ल्याउने भन्ने विषयमा सरकारीले निर्णय गर्न बाँकी रहेको बताए ।
उनले भने “खोप विश्व स्वास्थ्य संगठनले प्रमाणित गरे लगत्तै नेपालमा पनि उपलब्ध हुन्छ ।” कोरोना उपचार र नियन्त्रणका लागि सरकारले गरेको काम उल्लेखनीय रहेको उनको भनाइ छ । सरकार प्रदेशमा ५० शैयाको र केन्द्रमा ३०० शैयाको ल्याब सहितको सरुवा रोग उपचारका लागि अस्पताल बनाउने अभियानमा लागेको र पहिले भएका अंचल अस्पताललाई दुई सय शैयाको पु¥याइन्छ भने सबै जिल्लामा ५० शैयाको अस्पताल बन्ने उनले भने ।
उक्त अवसरमा ५० शैयाको दुई तले सरुवा रोग अस्पताल भवन र ५० शैयाको आकस्मिक कक्ष भवन बन्ने छ । सरुवा रोग भवन निर्माण गर्न रु. ८ करोड बजेट सरकारले विनियोजन गरिसकेको छ । क्रमागत योजना अन्तर्गत दुई वर्षमा सम्पन्न हुने छ । आकस्मिक कक्ष भवन एक वर्षमा सम्पन्न गर्ने योजना रहेको छ । रु. ११ करोड लागतमा निर्माण सम्पन्न हुने अनुमान गरिएको भवनको लागि सरकारले रु.९ करोड बजेट विनियोजन गरिसकेको उनले जानकारी गराए ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

चितवनको सरकारी अस्पतालमा आकस्मिक सेवा र सरुवा रोग भवनको शिलान्यास

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.67
153.27

European Euro
1
177.03
177.72

UK Pound Sterling
1
207.00
207.81

Swiss Franc
1
188.55
189.29

Australian Dollar
1
108.78
109.20

Canadian Dollar
1
110.17
110.60

Singapore Dollar
1
119.64
120.11

Japanese Yen
10
9.59
9.63

Chinese Yuan
1
22.66
22.75

Saudi Arabian Riyal
1
40.66
40.82

Qatari Riyal
1
41.88
42.05

Thai Baht
1
4.63
4.64

UAE Dirham
1
41.57
41.73

Malaysian Ringgit
1
37.60
37.75

South Korean Won
100
10.81
10.85

Swedish Kroner
1
16.10
16.16

Danish Kroner
1
23.68
23.77

Hong Kong Dollar
1
19.46
19.54

Kuwaity Dinar
1
497.22
499.17

Bahrain Dinar
1
404.95
406.54

Omani Rial
1
396.53
398.09













