२०८३ भाद्र २२, सोमबार
September 7, 2026
२०८३ भाद्र २२, सोमबार
September 7, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

भरतपुरमा ‘प्लस टु’का शिक्षक आन्दोलनमा, एक ‘फ्ल्याट’मा पाँच पिरियड हुनुपर्ने माग

प्रकाशित मिति : २०८३ भाद्र ७ गते

चितवन / भरतपुरका विभिन्न निजी कलेजमा १०ं२ तहमा अध्यापनरत आंशिक शिक्षकहरू श्रम शोषण भएको भन्दै आन्दोलनमा उत्रिने भएका छन् । शनिबार भरतपुरस्थित फोर सिजन पार्टी प्यालेसमा भेला भएका ५४ जना आंशिक शिक्षकले ‘निजी +२ आंशिक प्राध्यापक हकहित संघर्ष समिति, भरतपुर (चितवन)’ गठन गर्दै चरणबद्ध आन्दोलन अघि बढाउने निर्णय गरेका हुन् ।

भूमिश्वर गैरेको अध्यक्षतामा गठित सङ्घर्ष समितिको उपाध्यक्षमा भरत भट्ट, सचिवमा कृष्णप्रसाद रेग्मी, सहसचिवमा अस्मिता पंगेनी र कोषाध्यक्षमा मोहन श्रेष्ठ चयन भएका छन् । समितिको सल्लाहकार संयोजकमा मार्तण्ड पौडेल, सल्लाहकारहरूमा रीना गिरी, श्रीकृष्ण अधिकारी, श्रीकृष्ण पौडेल र राजु वि।क।लगायत ३० जना पदाधिकारी, सदस्य तथा सल्लाहकार रहेका छन् ।

- ADVERTISEMENT -

Advertisement

शिक्षकहरूले सरकारले सातामा दुई दिन बिदा दिने व्यवस्था गरेपछि निजी कलेजहरूले आंशिक शिक्षकको छ पिरियडबराबरको एक फ्ल्याटलाई पाँच पिरियडमा समायोजन नगरी श्रम शोषण गरेको आरोप लगाएका छन् । उनीहरूले पाँच पिरियडलाई एक फ्ल्याट मानेर पारिश्रमिक दिनुपर्ने माग गरेका छन् ।
कार्यक्रममा बोल्दै शिक्षक भरत भट्टले पाँच पिरियडको एक फ्ल्याट कायम गर्नुपर्ने माग नै अहिलेको मुख्य मुद्दा भएको बताए । उनका अनुसार यो अभियान सञ्चालकविरुद्ध नभई श्रमजीवी शिक्षकको न्यायका लागि गरिएको आन्दोलन हो ।

सङ्घर्ष समितिका अनुसार भरतपुरस्थित अरोमा स्कुल, अर्किड स्कुल र नारायणी पब्लिक स्कुलले छ पिरियडबराबर एक फ्लाट मानेर तलब भुक्तानी गरेका छन् । यी स्कुलको मनोमानी आफूहरूलाई मान्य नहुने सङ्घर्ष समितिका एक सदस्यले बताए ।

शिक्षक रवि पौडेलले सञ्चालकहरूले आंशिक शिक्षकलाई सम्मानपूर्वक व्यवहार गर्नुपर्नेमा हेप्ने प्रवृत्ति देखिएको बताए । उनले भने– ‘हामीलाई सञ्चालकहरूले कसरी ‘हेर्छन्’ भन्ने भन्दा पनि कसरी ‘हेप्छन्’ भन्ने जल्दोबल्दो समस्या हो ।’

अस्मिता पंगेनीले विद्यालय तहमा नियमानुसार तलब प्राप्त भए पनि १०+२ मा आइतबारको बिदाको रकम कटाएर तलब दिइँदा शिक्षकहरूमाथि अन्याय हुने बताइन् । कलेजले अभिभावकबाट लिने शिक्षण शुल्कमा कमी नगरे पनि शिक्षकको पारिश्रमिक कटौती गर्नु अन्यायपूर्ण भएको उनको भनाइ छ । उनले यस्तो प्रवृत्तिले देशमै बसेर काम गर्ने सोच भएका युवालाई निरुत्साहित गर्दै बौद्धिक पलायन बढाउन सक्ने चिन्ता व्यक्त गरिन् ।
शिक्षक सरोज लामाले धेरै निजी कलेजमा मानव संशाधन ९एचआर० विभागसमेत नभएको र जागिर छाड्दा अनुभवपत्र लिन पनि समस्या हुने गरेको बताए । उनले शिक्षक–कर्मचारीलाई प्रत्येक महिना नियमित तलब दिनुपर्ने माग गरे । अर्का शिक्षक शम्भु बर्तौलाले आफूहरूले अरूलाई अन्याय नगर्न सिकाउने भए पनि शिक्षक स्वयं नै ठगिनुपरेको गुनासो गरे । शिक्षक कृष्ण पौडेलले विगतका शिक्षक आन्दोलन र अभियानबाट पाठ सिक्दै यसपटक एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए ।

शिक्षकहरूले माग सम्बोधनका लागि महानगरपालिका, जिल्ला प्रशासन कार्यालय र सम्बन्धित निकायमा जाने तथा आवश्यक परे कक्षा बहिष्कार र ‘पेन डाउन’सम्मका कार्यक्रम सञ्चालन गर्ने बताए ।

संघर्ष समितिले आगामी सोमबार हिसानमा मागपत्र बुझाउने र बिहीबार कालोपट्टी बाँधेर अध्यापन गर्ने कार्यक्रम तय गरेको छ । माग सम्बोधन नभए अर्को सातादेखि सम्पूर्ण आंशिक शिक्षकले ‘पेन डाउन’ गर्ने चेतावनी समितिले दिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
175.22
175.92
UK Pound Sterling
1
204.03
204.84
Swiss Franc
1
186.35
187.09
Australian Dollar
1
108.67
109.10
Canadian Dollar
1
109.02
109.45
Singapore Dollar
1
119.10
119.57
Japanese Yen
10
9.66
9.70
Chinese Yuan
1
22.48
22.57
Saudi Arabian Riyal
1
40.18
40.34
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.08
41.24
Malaysian Ringgit
1
37.30
37.45
South Korean Won
100
11.22
11.27
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.44
23.54
Hong Kong Dollar
1
19.24
19.32
Kuwaity Dinar
1
491.47
493.42
Bahrain Dinar
1
400.19
401.78
Omani Rial
1
391.89
393.45