२०८३ भाद्र २२, सोमबार
September 7, 2026
२०८३ भाद्र २२, सोमबार
September 7, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

भरतपुरमा नेपाली सेनाको एनसीसी तालिम सुरु

प्रकाशित मिति : २०८३ भाद्र ७ गते

चितवन / भरतपुरको ग्रीनल्याण्ड पब्लिक स्कुलमा नपाली सेनाले देशभर सञ्चालन गर्दै आएको सिनियर नेसनल क्याडेट कोर (एनसीसी) तालिम सुरु भएको छ । स्कुलमा आज (आइतबार) बाट एनसीसी तालिम सुरु भएको हो ।

नेपाली सेनाको भरतपुरस्थित नयाँ सबुज गणसँगको समन्वयमा सुरु भएको तालिमको गुल्मपति प्रमुख सेनानी सुदीप तामाङ, स्कुलकी प्राचार्य ईन्दिरा कार्की र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार कार्कीले संयुक्त रुपमा उद्घाटन गरे । तालिममा स्कुलबाट छनौट भएका ३० जना विद्यार्थी सहभागी छन् । जसमा छात्र र छात्रा समान १५(१५ जना रहेका छन् ।

- ADVERTISEMENT -

Advertisement

एक सय दिनको तालिम अवधीमा विद्यार्थीहरुलाई सैनिक कला, विपद व्यवस्थापन, नेतृत्व बिकासलगायतका बिषय सिकाईनेछ । एक सय दिनको अवधी मध्य ७९ दिन स्कुलमा नै तालिम दिईनेछ । बाँकी २१ दिन भने राष्ट्रिय सेवा दलको तालिम शिक्षालयमा सामूहिक बन्द प्रशिक्षण हुनेछ ।

तालिम उद्घाटनको क्रममा गुल्मपती तामाङले सहभागी विद्यार्थीलाई प्रथम प्रवचन दिएका थिए । उनले तालिमको उद्देश्य र प्रकृतिको बिषयमा पनि सहभागी विद्यार्थीहरुलाई जानकारी गराएका थिए । तालिमले विद्यार्थीको आत्मविश्वास बढाउने, राष्ट्रप्रेम जागृत गर्ने र नेतृत्व क्षमता विकास गर्न सहयोग पुग्ने उनको भनाइ थियो ।

नेपालमा बिस २०२२ साल देखि सुरु भएको राष्ट्रिय सेवा दल तालिममा हालसम्म सिनियर डिभिजनतर्फ १५ हजार २१५ र जुनियर डिभिजनमा ७४ हजार ६७९ जना गरी ८९ हजार ८९४ जना विद्यार्थी सहभागी भएका छन् ।

तालिमले विद्यार्थीमा राष्ट्रप्रेम, नेतृत्व विकाससँगै चौतर्फी विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने स्कुलकी प्राचार्य कार्कीले बताईन् । उद्घाटनमा तालिममा सहभागी ३० जना विद्यार्थीका अभिभावकहरु पनि सहभागी थिए । देशका ७७ वटै जिल्लामा नेपाली सेनाको व्यवस्थापनमा प्रत्येक वर्ष एनसीसी तालिम सञ्चालन भइरहेको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
175.22
175.92
UK Pound Sterling
1
204.03
204.84
Swiss Franc
1
186.35
187.09
Australian Dollar
1
108.67
109.10
Canadian Dollar
1
109.02
109.45
Singapore Dollar
1
119.10
119.57
Japanese Yen
10
9.66
9.70
Chinese Yuan
1
22.48
22.57
Saudi Arabian Riyal
1
40.18
40.34
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.08
41.24
Malaysian Ringgit
1
37.30
37.45
South Korean Won
100
11.22
11.27
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.44
23.54
Hong Kong Dollar
1
19.24
19.32
Kuwaity Dinar
1
491.47
493.42
Bahrain Dinar
1
400.19
401.78
Omani Rial
1
391.89
393.45