March 17, 2025
- ADVERTISEMENT -

नेपालमा १५७५ संक्रमणमुक्त, थप १२७२ जना संक्रमित

December 4, 2020

काठमाडौँ / नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २७२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । शुक्रबार थप १ हजार २७२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार २७२ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ३८ हजार ८६१ पुगेको छ ।
यस्तै १ हजार ५७५ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख २१ हजार ८४७ संक्रमणमुक्त भएका छन् ।
आजै कोरोनाबाट थप १६ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५६७ पुगेको छ । नेपालमा हाल संक्रिय संक्रमितको संख्या १५ हजार ४४७ रहेको छ ।

- ADVERTISEMENT -