२०८३ जेष्ठ २९, शुक्रबार
June 12, 2026
२०८३ जेष्ठ २९, शुक्रबार
June 12, 2026 Friday
- ADVERTISEMENT -

चितवन ट्राफिकद्वारा सवारीचालक र पैदल यात्रुलाई सडकमै सचेतनामूलक प्रशिक्षण

प्रकाशित मिति : २०७७ मंसिर १९ गते
File photo.

चितवन / सवारी दुर्घटना न्यूनीकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले सडकमै सचेतनामूलक प्रशिक्षण सुरु गरेको छ । चितवनको विभिन्न क्षेत्रका सडकमा पैदल यात्रु र सवारी चालकलाई सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी प्रशिक्षण दिन थालिएको ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टले जानकारी दिए ।
ट्राफिक प्रहरी प्रमुख भट्टका अनुसार सवारी दुर्घटना न्यूनीकरणका लागि कार्यालयबाट गठन गरिएको स्वयंसेवक टोली, ट्राफिक प्रहरी, नेपाल प्रहरीको समेत उपस्थितिमा सो प्रशिक्षण थालिएको हो । सडकमा बढ्दो दुर्घटनाको जोखिम, सुरक्षित सडक प्रयोग गर्ने विधि, अपनाउनुपर्ने सावधानीहरुको बारेमा दैनिक रुपमा प्रशिक्षण दिइने गरेको उनले बताए ।
बाटो काट्दा पैदल यात्रुले अनिवार्य रुपमा जेब्राक्रसिङ प्रयोग गर्ने, पैदल हिँड्दा फुटपाथको प्रयोग गर्नुपर्ने, सवारी चालकहरुले अनिवार्य रुपमा जेब्राक्रसको स्टपिङ लाइनमा रोकेर पैदल यात्रुहरुलाई प्राथमिकता दिनुपर्ने विषयमा समेत प्रशिक्षण दिइएको उनको भनाइ छ ।
सडकमा सवारीको गति र अवस्थालाई ध्यान दिन चालकहरुलाई अनुरोध र पैदल यात्रुहरुलाई पनि सुरक्षित यात्रा गर्न अनुरोध गर्दै प्रशिक्षणहरु दिइएको थियो । एक हप्ताको अवधिमा कार्यालयले १ हजार ५ सय भन्दा बढी सचेतनामूलक पर्चा वितरण गरेको छ भने १ हजार १ सय ५० जना चालक र १ हजार ९ सय ५ जना पैदल यात्रुलाई सडकमै सचेतनामूलक प्रशिक्षण दिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.92
153.52
European Euro
1
176.43
177.12
UK Pound Sterling
1
204.35
205.16
Swiss Franc
1
191.32
192.07
Australian Dollar
1
106.97
107.39
Canadian Dollar
1
109.41
109.84
Singapore Dollar
1
118.71
119.18
Japanese Yen
10
9.53
9.56
Chinese Yuan
1
22.56
22.65
Saudi Arabian Riyal
1
40.74
40.90
Qatari Riyal
1
41.95
42.11
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
41.64
41.80
Malaysian Ringgit
1
37.60
37.75
South Korean Won
100
9.99
10.03
Swedish Kroner
1
16.04
16.10
Danish Kroner
1
23.61
23.70
Hong Kong Dollar
1
19.51
19.59
Kuwaity Dinar
1
497.71
499.66
Bahrain Dinar
1
405.54
407.13
Omani Rial
1
397.17
398.73