January 15, 2025
- ADVERTISEMENT -

गुणस्तरीय शिक्षा र मौलिक संस्कारसहितको शिक्षा : एसएफएन

December 4, 2020

चितवन / स्कोलाश्टिक फाउन्डेशन नेपाल (एसएफएन)ले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा र मौलिक संस्कारसहितको सिर्जनात्मक क्षमता अभिवृद्धिमा आम नागरिकको भूमिका आवश्यक रहेको जनाएका छन् । नेपालको शिक्षा क्षेत्रमा अधिकतम परिवर्तनको आवश्यकता देखिएको शुक्रबार भरतपुरमा आयोजित पत्रकार भेटघाटमा स्कोलाश्टिक फाउन्डेनशन नेपालका अध्यक्ष प्रज्वल भट्टराईले बताए ।
अध्यक्ष भट्टराईका अनुसार माध्यमिक विद्यालयका १५०० भन्दा बढी विद्यार्थीहरुको सहभागितामा एक बृहत स्कोलाश्टिक मिट नामक कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रममा बहस/वादविवाद, वक्तृत्वकला, निवन्ध लेखन, चित्रकला लगायत आयोजना गरिएको उनले बताए ।
वल्र्ड बुक अफ रेकर्ड यूकेले प्रमाणितकरण गरी विश्व कृतिमान रचेको प्रमाणपत्रले थप उर्जा दिएकाले हामीले आगामी दिनमा थप कार्यक्रम घोषणा समेत गरिएको उनले भने ।
उक्त कार्यक्रमले विद्यार्थीहरुको विभिन्न शैक्षिक सुधारका कार्यक्रम र बुद्धिमता बढाउने कार्यमा सहयोग गर्ने एसएफएनका महासचिव प्रभाव थपलियाले बताए । रेकर्ड सर्टिफिकेटको विश्व पुस्तक शिक्षा, विज्ञान र टेक्नोलोजी मन्त्री गिरिराजमणि पोखरेलले एसएफएनलाई प्रदान गरिएको उनको भनाइ थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -