२०८२ जेष्ठ २९, बिहीबार
June 12, 2025
२०८२ जेष्ठ २९, बिहीबार
June 12, 2025 Thursday

मकवानपुरमा बलात्कारपछि हत्या गरिएकी बालिकाको परिवारलाई नगद ५५ हजार सहयोग

प्रकाशित मिति : २०७७ मंसिर २१ गते
- ADVERTISEMENT -

मकवानपुर / बलात्कारपछि हत्या गरिएकी ३ वर्षीया बालिकाको परिवारलाई नगद सहयोग गरिएको छ । मकवानपुरको बागमती गाउँपालिका वडा नं ७ की बालिकाको परिवारलाई पाख्रिन समाज चितवनले घरमै पुगेर नगद ५० हजार नगद परिवारलाई हस्तान्तरण गरिएको हो ।
पाख्रिन समाजका केन्द्रीय सदस्य शम्भु पाख्रिन, अध्यक्ष ग्यान बहादुर पाख्रिन, नेपाल तामाङ घेदुङ चितवनकी उपाध्यक्ष पवित्रा लामालगायतले बागमती गाउँपालिका ७ का अध्यक्ष डिल्ली प्रसाद घोरासैनीको रोहवरमा सो रकम बालिकाको परिवारलाई दिइएको हो ।
वडाअध्यक्ष घोरासैनीले घटना निन्दनीय भएको र पीडितलाई न्याय दिन आफू लड्ने बताए । वडामा पहिलो पटक आपराधिक घटना भएकोले दोहोरिन नदिन जनचेतना जगाउने काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
समाजका केन्द्रीय सदस्य पाख्रिनले कुनै पनि हालतमा दोषीलाई छुट दिन नहुने र बलात्करीलाई फाँसीको सजाय ल्याउन राज्यले ढिला गर्न नहुने तर्क राखे । पाख्रिन समाज चितवनका अध्यक्ष ग्यान बहादुर पाख्रिन, घेदुङकी उपाध्यक्ष पवित्रा, गाउँपालिका अध्यक्ष सर्केस घलान लगायतले पीडित बालिका न्याय पाउनु पर्नेमा जोड दिए ।
गत मंसिर ५ गते छिमेकीको पुजामा गएकी बालिकालाई गाउँकै १४ वर्षीय किशोरले बलात्कार गरी हत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले आरोपित किशोरलाई नियन्त्रणमा लिएको र नाबालक भएकाले सुधार गृहमा राख्ने तयारी भइरहेको बताइएको छ । प्रहरीका अनुसार कक्षा ९ मा अध्ययनरत ती किशोर अत्यधिक मादकपदार्थ सेवन गरेको बताएको छ ।
यसैबीच नेपाल रेडक्रस सोसाइटी उपशाखा फापरबारीले पनि नगद ५ हजार पीडित परिवारलाई सहयोग गरेका थिए ।

- ADVERTISEMENT -