मकवानपुर / बलात्कारपछि हत्या गरिएकी ३ वर्षीया बालिकाको परिवारलाई नगद सहयोग गरिएको छ । मकवानपुरको बागमती गाउँपालिका वडा नं ७ की बालिकाको परिवारलाई पाख्रिन समाज चितवनले घरमै पुगेर नगद ५० हजार नगद परिवारलाई हस्तान्तरण गरिएको हो ।
पाख्रिन समाजका केन्द्रीय सदस्य शम्भु पाख्रिन, अध्यक्ष ग्यान बहादुर पाख्रिन, नेपाल तामाङ घेदुङ चितवनकी उपाध्यक्ष पवित्रा लामालगायतले बागमती गाउँपालिका ७ का अध्यक्ष डिल्ली प्रसाद घोरासैनीको रोहवरमा सो रकम बालिकाको परिवारलाई दिइएको हो ।
वडाअध्यक्ष घोरासैनीले घटना निन्दनीय भएको र पीडितलाई न्याय दिन आफू लड्ने बताए । वडामा पहिलो पटक आपराधिक घटना भएकोले दोहोरिन नदिन जनचेतना जगाउने काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
समाजका केन्द्रीय सदस्य पाख्रिनले कुनै पनि हालतमा दोषीलाई छुट दिन नहुने र बलात्करीलाई फाँसीको सजाय ल्याउन राज्यले ढिला गर्न नहुने तर्क राखे । पाख्रिन समाज चितवनका अध्यक्ष ग्यान बहादुर पाख्रिन, घेदुङकी उपाध्यक्ष पवित्रा, गाउँपालिका अध्यक्ष सर्केस घलान लगायतले पीडित बालिका न्याय पाउनु पर्नेमा जोड दिए ।
गत मंसिर ५ गते छिमेकीको पुजामा गएकी बालिकालाई गाउँकै १४ वर्षीय किशोरले बलात्कार गरी हत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले आरोपित किशोरलाई नियन्त्रणमा लिएको र नाबालक भएकाले सुधार गृहमा राख्ने तयारी भइरहेको बताइएको छ । प्रहरीका अनुसार कक्षा ९ मा अध्ययनरत ती किशोर अत्यधिक मादकपदार्थ सेवन गरेको बताएको छ ।
यसैबीच नेपाल रेडक्रस सोसाइटी उपशाखा फापरबारीले पनि नगद ५ हजार पीडित परिवारलाई सहयोग गरेका थिए ।
- ADVERTISEMENT -

मकवानपुरमा बलात्कारपछि हत्या गरिएकी बालिकाको परिवारलाई नगद ५५ हजार सहयोग

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
150.74
151.34

European Euro
1
171.24
171.92

UK Pound Sterling
1
198.70
199.49

Swiss Franc
1
185.71
186.45

Australian Dollar
1
103.99
104.40

Canadian Dollar
1
105.90
106.32

Singapore Dollar
1
116.24
116.71

Japanese Yen
10
9.32
9.35

Chinese Yuan
1
22.17
22.26

Saudi Arabian Riyal
1
40.15
40.31

Qatari Riyal
1
41.37
41.54

Thai Baht
1
4.52
4.54

UAE Dirham
1
41.04
41.21

Malaysian Ringgit
1
36.61
36.76

South Korean Won
100
9.77
9.81

Swedish Kroner
1
15.48
15.54

Danish Kroner
1
22.91
23.00

Hong Kong Dollar
1
19.23
19.30

Kuwaity Dinar
1
489.57
491.52

Bahrain Dinar
1
399.81
401.41

Omani Rial
1
391.55
393.11













