–चित्रबहादुर गुरुङ
मनकामना । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले गत २०७६ चैत्र ११ गतेदेखि देशभर लकडाउन गरेको थियो । करिब ३ महिना बितिसकेपछि विभिन्न संघसंस्था, व्यवसायीलगायतको चौतर्फी विरोधपछि नेपाल सरकारले असारको अन्तिमदेखि लकडाउन केही खुकुलो गरेको हो ।
सरकारले सामाजिक दूरी तथा स्वास्थ्यको मापदण्ड अपनाएर बिस्तारै लकडाउन केही खुकुलो गरे लगत्तै दिनप्रति सबै संघसंस्था, व्यवसाय, स्कुल, कलेजलगायतका खुल्न सुरु गरी सकेको छ । तर अझै पनि केही व्यवसायहरु मर्कामा परिरहेको देखिएको छ । जसमध्ये गोरखाको मनकामना माई मन्दिर एक देखिएको छ ।
देशकै अर्को चर्चित शक्ति पिठ गोरखाको मनकामना माई मन्दिरमा सर्वसाधारणको लागि पुजा गर्न कहिलेदेखि खुला गर्ने भन्ने कुरा अझै अनिश्चित देखिएको छ । तर मन्दिर कहिलेदेखि खुल्छ भन्ने अनिश्चित भए पनि पछिल्लो समय मनकामना माईको दर्शनमा आउने दर्शनार्थी भने बढेको छ । मन्दिर बन्द भएपनि पछिल्लो समय दैनिक ३÷४ सय हाराहारीमा दर्शनार्थीहरु मनकामना आउन थालेको छ । अहिले आउने दर्शनार्थीले बाहिरबाटै मन्दिरमा आफैले पुजा गर्ने गरेको गोरखा उद्योग वाणिज्य संघ मनकामना बजार इकाई समितिका अध्यक्ष हरि श्रेष्ठले बताउनुभयो । ‘अब आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर भए पनि सर्वसाधारणका लागि मन्दिर खुला गर्नुपर्छ’ – उहाँले भन्नुभयो।
मन्दिर खुलाउन सरोकारवालाको पहल पुगेनः अध्यक्ष श्रेष्ठ
यसैबिच धमाधम देशका अन्य शक्तिपिठहरु सर्वसाधारणका लागि खुला गर्ने निर्णय भैसक्दा पनि मनकामना माईको मन्दिर कहिले खुल्छ भन्ने निर्णय नहुनु दुःखद भएको गोरखा उद्योग वाणिज्य संघ मनकामना बजार इकाई समितिका अध्यक्ष हरि श्रेष्ठले बताउनुभयो । मन्दिर खुलाउन ढिलाई हुनुमा सरोकारवालाहरुको कमजोरी भएको पनि बताउनुभयो। ‘सरकारले देशभरका शक्तिपिठहरु खुलाउनका लागि निर्णय गरिसक्यो तर सरोकारवालाहरुले किन तयारी गरिरहेको छैन हामीले बुभ्mनै सकिरहेको छैन’ –उहाँले भन्नुभयो।
मन्दिरको भेटी कर्मचारीको खल्तीमा
यस्तै मन्दिर नखुलेपनि सर्वसाधारण दर्शनार्थीहरु मनकामना माईको दर्शन गर्न आएसँगै दर्शनार्थीले चढाउने गरेको भेटी मन्दिरका कर्मचारीको खल्तीमा पुग्ने गरेको पाइएको छ । दर्शनार्थीले बाहिर बाहिरै चढाउने भेटि रकम मन्दिर बन्द भएको र क्षेत्र विकास समितिले भेटि बाकस समेत नराखेका कारण मन्दिरका कर्मचारीको खल्तीमा पुग्ने गरेको पाईएको हो ।
केवलकार पनि बन्द
मनकामना मन्दिर सर्वसाधारणका लागि बन्द भएसँगै बन्द भएको नेपालकै पहिलो केवलकार मनकामना केवलकार पनि अझै सञ्चालनमा आएको छैन । केवलकार सञ्चालनका लागि सरकारले मन्त्रिपरिषद्बाट निर्णय गरेरै अनुमति दिएपनि अझै पनि सञ्चालनमा आएको छैन । मन्दिर खुला नभएकोले केवलकार पनि सञ्चालनमा नआएको मनकामना दर्शन प्रा.लि. ले जानकारी दिएको छ ।
- ADVERTISEMENT -

मनकामनामा दर्शनाथी बढे, अझै खुलेन मन्दिर र केवलकार

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.46
152.06

European Euro
1
177.29
177.99

UK Pound Sterling
1
204.60
205.41

Swiss Franc
1
191.92
192.68

Australian Dollar
1
108.41
108.84

Canadian Dollar
1
110.72
111.15

Singapore Dollar
1
118.56
119.03

Japanese Yen
10
9.48
9.51

Chinese Yuan
1
22.17
22.25

Saudi Arabian Riyal
1
40.38
40.54

Qatari Riyal
1
41.55
41.71

Thai Baht
1
4.64
4.65

UAE Dirham
1
41.24
41.40

Malaysian Ringgit
1
38.32
38.47

South Korean Won
100
10.24
10.28

Swedish Kroner
1
16.35
16.41

Danish Kroner
1
23.72
23.82

Hong Kong Dollar
1
19.33
19.40

Kuwaity Dinar
1
494.08
496.04

Bahrain Dinar
1
401.38
402.97

Omani Rial
1
393.40
394.96











