भण्डारा / लैंगिक हिंसा अन्त्य हुनुपर्ने बहस चल्ने गरेको भए पनि घर, विद्यालय तथा कार्यालयमा अझै लैंगिक हिंसा हुने गरेको सरोकारवालाहरुले बताएका छन् । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत राप्ती नगरपालिकामा आयोजित कार्यक्रममा महिला अगुवाहरुले लैंगिक हिंसा हुने गरेको बताएका हुन् ।
महिला अगुवा तथा सरोकारवाला बीच गरिएको अन्तक्र्रिया कार्यक्रममा सहभागी महिलाहरुले घर तथा विद्यालयमा महिला तथा किशोरीहरुले हिंसा भोग्नुपरेको बताए । हिंसा न्यूनीकरणका लागि सरकारीस्तरबाट विभिन्न प्रयास भए पनि प्रभावकारी हुन नसकेको उनीहरुको गुनासो थियो ।
राप्ती नगरपालिकाका कानुनी सल्लाहकार नुनराज सिलवालले हिंसाबाट महिला मात्र पीडित नभई पुरुष पनि पिडित भएको जिकिर गरे । समाजमा विभिन्न कारणले पुरुष हिंसा सार्वजनिक नहुने वा कम मात्रामा सार्वजनिक हुने गरेको उनको भनाइ थियो । उनले लैंगिक हिंसा सम्बन्धी मुद्दाहरु २० प्रतिशत मात्र फैसला भइ न्याय पाउने गरेको जानकारी गराए ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय भण्डाराका प्रहरी निरीक्षक राजिव गिरी, नेपाल कम्युनिष्ट पार्टी नेकपाका चितवनका सदस्य तथा राप्ती नगरपालिकाका कार्यपालिका सदस्य पुस्पा कुवँर, नेकपा जिल्ला सदस्य सुशिला थपलिया, कार्यपालिका सदस्य आइतीदेवी दराई, अम्बिका लामा, दिलकुमारी लामा, समाजिक मेलमिलापकर्ता सुनिता सिलवाल लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रम राप्ती ५ का वडा अध्यक्ष तथा महिला समन्वय समितिका अध्यक्ष मेनुका पाठकको अध्यक्षतामा भएको थियो । राप्ती नगरपालिकामा विभिन्न कार्यक्रमको आयोजना गर्दै १६ दिनसम्म चलेको लैंगिक हिंसाविरुद्ध १६ दिने अभियान नगरपालिकामा अन्तक्र्रियासहित दिप प्रज्वलन गरी सम्पन्न भएको हो । अभियानअन्तर्गत नगरपालिकाको विभिन्न क्षेत्रमा जनचेतनामुलक कार्यक्रमसँगै दिप प्रज्वलन कार्यक्रमहरु भएको थियो ।
- ADVERTISEMENT -

घर, विद्यालय तथा कार्यालयमा लैंगिक हिंसा कायमै

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.56
152.16

European Euro
1
177.58
178.28

UK Pound Sterling
1
205.10
205.91

Swiss Franc
1
193.06
193.82

Australian Dollar
1
108.60
109.03

Canadian Dollar
1
110.96
111.40

Singapore Dollar
1
118.86
119.33

Japanese Yen
10
9.68
9.72

Chinese Yuan
1
22.20
22.29

Saudi Arabian Riyal
1
40.41
40.57

Qatari Riyal
1
41.58
41.74

Thai Baht
1
4.66
4.68

UAE Dirham
1
41.26
41.43

Malaysian Ringgit
1
38.18
38.33

South Korean Won
100
10.29
10.33

Swedish Kroner
1
16.41
16.47

Danish Kroner
1
23.77
23.86

Hong Kong Dollar
1
19.35
19.43

Kuwaity Dinar
1
494.08
496.04

Bahrain Dinar
1
401.32
402.91

Omani Rial
1
393.64
395.20










