March 16, 2025
- ADVERTISEMENT -

ओर्लने क्रममा बसबाट किचेर मृत्यु

December 13, 2020

गोरखा / गोरखामा आफैँ चढेको बसले किचेर एक जनाको मृत्यु भएको छ । सिरानचोक गाउँपालिकाको श्रीचौर घर भएका ४८ वर्षीय बुद्घिबहादुर रम्तेलको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख मित्रलाल ढकालले जानकारी दिए ।
प्रमुख ढकालका अनुसार गोरखा सदरमुकामबाट केराबारीतर्फ जाँदै गरेको ना३ख ८१४३ नंको बसले किचेर उनको मृत्यु भएको हो । टुर्घटनामा परी गम्भीर घाइते भएका रम्तेलको उपचारका लागि प्राथामिक स्वास्थ्य केन्द्र भच्चेकमा पु¥याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको उनले बताए ।
रम्तेललाई शनिबार साँझ बसबाट झर्ने क्रममा आफैँ चढेको बसको पछाडिको चक्काले किचेको उनले जानकारी दिए ।
मृतकको शव आज परीक्षणपछि परिवारलाई बुझाइने छ भने बस र चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

- ADVERTISEMENT -