२०८३ असार १०, बुधबार
June 24, 2026
२०८३ असार १०, बुधबार
June 24, 2026 Wednesday
- ADVERTISEMENT -

रत्ननगर उवासंघको आज मतदान, वरिष्ठ उपाध्यक्षमा गिरी र श्रेष्ठ भिड्दै

प्रकाशित मिति : २०७७ मंसिर २९ गते

चितवन / रत्ननगर उद्योग वाणिज्य संघको २१ औं साधारण सभा तथा नवौं अधिवेशनको आज मतदान हुँदैछ । मतदान प्रक्रियामा वरिष्ठ उपाध्यक्ष सहित पदाधिकारी र कार्यसमितिका सदस्यहरुको निर्वाचन हुने भएको हो ।
बिहानबाट सुरु हुने मतदानबाट वरिष्ठ उपाध्यक्षसहित पदाधिकारी तथा सदस्यहरु चयन हुँदैछन । संघको नेतृत्व हात पार्न नेकपा र नेपाली काँग्रेस निकटका व्यवसायीहरु दुई प्यालन चुनावी मैदानमा छन् । संघको वरिष्ठ उपाध्यक्ष सहित २१ पदमा निर्वाचन हुँदैछ । त्यसका लागि ४३ जना व्यवसायीले उम्मेदवारी दर्ता गराएका छन् ।
मतदानमा वरिष्ठ उपाध्यक्षका लागि नेकपा निकटका व्यवसायी शंकर गिरी र नेपाली काँग्रेस निकटका व्यवसायी देबेन्द्रकुमार श्रेष्ठबीच प्रतिस्पर्धा हँुदैछ । वणिज्यतर्फको उपाध्यक्षमा नेकपाका भीमनारायण श्रेष्ठ र नेपाली काँग्रेसका कविन घिमिरे तथा स्वतन्त्र उम्मेदवारका रुपमा देवीप्रसाद डल्लाकोटीले उम्मेदवार बनेका छन् । उद्योगतर्फको उपाध्यक्षमा नेकपाका पुरु खनाल र नेपाली काँग्रसबाट निरञ्जन थापा, एशोसियट उपाध्यक्षमा नेकपाका राममणि थपलिया र राप्रपाका हरिप्रसाद अधिकारीले बीच प्रतिस्पर्धा हँुदैछ ।
महासचिवमा नेकपाबाट निराजन खनाल र नेपाली काँग्रेसबाट माधवप्रसाद पौडेल र कोषाध्यक्षको लागि नेकपाबाट उपेन्द्र शर्मा आचार्य र नेपाली काँग्रेसबाट मीना उप्रेती उम्मेदवार बनेका छन् । वाणिज्य सदस्यको लागि नेकपाबाट अर्जुन बस्ताकोटी, ईश्वरीप्रसाद अर्याल, रामशरण नेपाल, सुन्दरमणि सुवेदी, सुरेन्द्र दुवाडी, सुर्यप्रकास रेग्मी, प्रकाशमणि सापकोटा, उत्तम घिमिरे र नेपाली काँग्रेसबाट सुरेन्द्रकुमार श्रेष्ठ, यामनाथ आचार्य, हेमराज आचार्य, कृष्ण चौधरी, सागर दुवाडी, सिताराम भट्टराई, बुद्धराम जोशी, सुर्यकान्त पौडेल चुनावी मैदानमा छन ।
उद्योगतर्फ सदस्यका लागि नेकपाबाट अनुप विसुराल, सुवास मिश्र, उद्धबकुमार कोइराला, रामप्रसाद पाण्डे, महेन्द्र घिमिरे, विरञ्जना सापकोटा र नेपाली काँग्रेसवाट बुद्धिराज ओझा, अरुणकुमार सिवाकोटी, शम्शेर घामल्य, सविन मानन्धर, कपिल ढकाल र हरिशरण भट्टराई बीच प्रतिस्पर्धा हुँदैछ ।
महिला सदस्यमा नेकपाबाट निर्मला सुवेली र नेपाली काँग्रेसबाट उर्मिलादेबी पोखरेल चुनावी मैदानमा छन । वस्तुगत उपाध्यक्षमा नेपाली काँग्रेसका रघुनाथ भट्ट, वस्तुगत सदस्यमा नेपाली काँग्रेसका शिबराज मैनाली र नेकपाबाट एसोसियट सदस्यमा जोगेन्द्र महतो र लोजिककृष्ण सागर निर्विरोध निर्वाचित भएका छन् । संघको वरिष्ठ उपाध्यक्षसहित पदाधिकारी तथा सदस्य निर्वाचनको लागि १ हजार ३२५ जना व्यवसायीहरुले मतदान गर्ने निर्वाचन अधिकृत अधिवक्ता रामकृष्ण अधिकारीले जानकारी दिए ।
२१ औं साधारण सभा तथा अधिवेशनले वरिष्ठ उपाध्यक्षसहित पदाधिकारी तथा सदस्य गरी २५ सदस्यीय कार्यसमिति चयन गर्नेछ । ७ सदस्य मनोनित गर्ने व्यवस्था रहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.28
151.88
European Euro
1
172.39
173.07
UK Pound Sterling
1
199.94
200.73
Swiss Franc
1
186.85
187.59
Australian Dollar
1
105.03
105.45
Canadian Dollar
1
106.64
107.07
Singapore Dollar
1
116.76
117.23
Japanese Yen
10
9.37
9.40
Chinese Yuan
1
22.30
22.39
Saudi Arabian Riyal
1
40.30
40.46
Qatari Riyal
1
41.50
41.67
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.19
41.35
Malaysian Ringgit
1
36.54
36.68
South Korean Won
100
9.85
9.88
Swedish Kroner
1
15.60
15.66
Danish Kroner
1
23.06
23.15
Hong Kong Dollar
1
19.30
19.37
Kuwaity Dinar
1
491.73
493.68
Bahrain Dinar
1
401.28
402.87
Omani Rial
1
392.95
394.51