२०८२ बैशाख २९, सोमबार
May 12, 2025
२०८२ बैशाख २९, सोमबार
May 12, 2025 Monday

रत्ननगर उवासंघका नवनिर्वाचितको शपथ ग्रहण तथा पद हस्तान्तरण

प्रकाशित मिति : २०७७ पुष २ गते
Photo : Khabartarang.
- ADVERTISEMENT -

चितवन / रत्ननगर उद्योग वाणिज्य संघको २१औं साधारण सभा तथा नवौं अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण, सपथ ग्रहण तथा हस्तान्तरण कार्यक्रम गरिएको छ । निर्वाचन समितिले कार्यक्रमको आयोजना गरी अध्यक्ष अनिलकृष्ण श्रेष्ठ सहित निर्वाचनबाट विजयी भएका पदाधिकारी तथा सदस्यहरुलाई बुधवार प्रमाणपत्र वितरण,सपथग्रहण तथा हस्तान्तरण कार्यक्रम गरिएको हो ।
विधानत अध्यक्ष बनेका श्रेष्ठ र निर्वाचनबाट विजयी वरिष्ठ उपाध्यक्ष शंकर गिरी लगायत पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र तथा सपथग्रहण गराइएको हो । प्रमुख निर्वाचन अधिकृत चितवन बारका अध्यक्ष अधिवक्ता रामकृष्ण अधिकारीले सपथ ग्रहण गराएका थिए । निर्वाचन समितिबाट औपचारिकता पाएसँगै निवर्तमान अध्यक्ष राजाराम रेग्मीले नयाँ अध्यक्ष श्रेष्ठलाई पद हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा पूर्व अध्यक्षहरु गोपाल कर्माचार्य, केशब नारायण श्रेष्ठ, राजेन्द्रकुमार श्रेष्ठ, दीपक कुमार कर्माचार्य, ज्ञानबहादुर विसुराल, निर्वतमान अध्यक्ष राजाराम रेग्मी लगायतले मन्तव्य राखेका थिए । मंगलवार राति सम्पन्न मतगणना अनुसार नेकपा निकटका व्यवसायी गिरीले नेपाली काँग्रेस निकटका व्यवसायी देवेन्द्रकुमार श्रेष्ठलाई पराजित गरी बरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका हुन् ।

- ADVERTISEMENT -