काठमाडौं / प्रचण्ड–नेपाल नेकपाको बैठकमा संगठनात्मक कार्ययोजनासम्बन्धी एजेन्डामा पनि छलफल गर्ने तयारी छ । महासचिव विष्णु पौडेलले प्रधानमन्त्री ओलीलाई समर्थन गरेकाले प्रचण्ड–नेपाल समूह पार्टी कार्यालय, बैठक सञ्चालनदेखि दैनिक कार्यसम्पादनका लागि तत्काल महासचिव चयन गर्नुपर्ने दबाबमा परेको छ । तर, तत्काल पदाधिकारी थप्ने सम्भावना कम छ ।
प्रचण्ड–नेपाल समूहले सचिवालयदेखि केन्द्रीय कमिटीसम्म, विघटित संसदीय दलमा पनि बहुमत भएकाले संस्थापन समूहको दाबी गरेको छ । यो तर्कका आधारमा अध्यक्षद्वय प्रचण्ड र नेपालले पौडेलको स्थानमा महासचिव पूर्वएमाले समूहबाटै बनाउने प्रारम्भिक समझदारी गरेका छन् । पौडेलले पूर्वएमाले समूहकै प्रतिनिधित्व गर्थे । तर, केन्द्रीय कमिटीबाट चयन गर्ने कि स्थायी कमिटीबाट भन्ने टुंगो नलागिसकेको एक स्थायी कमिटी सदस्यले बताए । ‘यो बैठकले रिक्त स्थानमा पदपूर्ति गर्दैन,’ स्थायी कमिटीका एक सदस्यले भने ।
यद्यपि, पूर्वएमाले समूहबाट सुरेन्द्र पाण्डे र पूर्वमाओवादी समूहबाट जनार्दन शर्माले महासचिवमा दाबी पेस गरेका छन् । ‘सम्भवतः महासचिवसहित केन्द्रीय सचिवालय, रिक्त स्थायी कमिटी सदस्यको पदपूर्तिलगायतका विषयमा केन्द्रीय कमिटीले स्थायी कमिटीले नै टुंगो लगाउने गरी जिम्मा लगाउन सक्नेछ,’ ती नेताले भने ।
रामबहादुर थापाले ओली समूहलाई सहयोग गर्ने भएपछि प्रचण्ड–नेपाल दोस्रो पुस्ताका नेतालाई महासचिव बनाउने छलफलमा छन् ।
प्रचण्ड–नेपाल समूहले सातवटै प्रदेश र जिल्लामा भेला तथा प्रतिनिधिसभा पुनस्र्थापनासम्बन्धी आन्दोलन सुरु गरिहाल्नुपर्ने बाध्यताका कारण ओली समूहमा लागेका केन्द्रीय सदस्यहरू रिक्त रहेका प्रदेश र जिल्लाहरूमा केन्द्रीय कमिटी बैठकबाटै इन्चार्ज र सहइन्चार्ज तोक्ने गरी गृहकार्य पनि भएको छ । ‘बैठकमा त्यससम्बन्धी ठोस प्रस्ताव नै गर्ने गरी अध्यक्ष नेपाल र प्रचण्डबीच समझदारी भएको छ,’ स्थायी कमिटीका एक सदस्यले भने, ‘विवाद जन्मिने अवस्था नभए केही जिम्मेवारी तोकिनेछन् ।’ यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।
प्रचण्ड–नेपाल समूह संगठनात्मक कार्ययोजनाको आन्तरिक तयारीमा
December 24, 2020
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -