२०८३ बैशाख ७, सोमबार
April 20, 2026
२०८३ बैशाख ७, सोमबार
April 20, 2026 Monday
- ADVERTISEMENT -

बागेश्वरीमा कोरोना संक्रमित घटे, आइसोलेशन कोठा खाली हुँदै

प्रकाशित मिति : २०७७ पुष १२ गते

चितवन / भरतपुर महानगरपालिका–१ बागेश्वरीमा रहेको योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयको कोरोना आइसोलेशन खाली भएको छ । कोरोना संक्रमितको संख्या घटेपछि आइसोलेशन खाली भएको हो । चिकित्सालयका कार्यकारी निर्देशक डा हेमराज कोइरालाका अनुसार वन क्षेत्रमा आइसोलेशन रहेकाले थोरै संख्यामा संक्रमित बस्न डराउँछन् ।
यही पुस ८ गते एकैसाथ १५ जना कोरोनामुक्त भएपछि बाँकी रहेका तीन जना होम आइसोलेशनमा बस्न गएसँगै चिकित्सालयको आइसोलेशन खाली भएको हो । उनले भने, ‘आइसोलेशन बन्द गरेका छैनांै खाली भएको हो ।’
गत भदौ १४ गतेबाट सुरु गरिएको आइसोलेशनमा हालसम्म ४१२ जनाले सेवा लिइसकेका छन् । एकै साथ ठूलो संख्यामा संक्रमित आएमा राख्न मिल्ने गरी तयारी अवस्थामा आइसोलेशन राखिएको छ । हाल देखिएका संक्रमित भरतपुर अस्पतालको आइसोलेशन र होम आइसोलेसनमा बस्दै आएका छन् । जिल्लामा सङ्क्रमित थपिने दर पनि निकै कम भएको छ ।
भरतपुर महानगरपालिकाले चिकित्सालयसँग सहकार्य गरेर आइसोलेशन सञ्चालन गरेको हो । आइसोलेशनको सम्पूर्ण खर्च महानगरपालिकाले गरेको थियो भने व्यवस्थापन चिकित्सालयले गर्दै आएको छ । नब्बे जना बस्न सक्ने गरी बनाइएको उक्त आइसोलेशनमा कुनै समय खाली ठाउँ नभएर बिरामीलाई फिर्ता पठाउनुपर्ने अवस्था आएको थियो । निर्देशक डा कोइरालाका अनुसार संक्रमितलाई आवधिक उपवास विधिबाट उपचार गरिएको थियो ।
यस विधिमा ८ घण्टा खाने र १६ घण्टा भोकै राखेर उपचार गर्ने गरिन्छ । यसका लागि बेलुका ५ बजेदेखि बिहान ९ बजेसम्मको समयमा ठोस् पदार्थ खान दिइएको थिइएन । यस्तै नियमित ब्यायम, योग गराइनुका साथै खानपिनमा पनि ध्यान दिइएको थियो । सो आइसोलेशनमा ८ महिनादेखि ८५ वर्ष सम्मका सङ्क्रमितले सेवा लिएका थिए । आइसोलेशनमा आएका सङ्क्रमित ७ दिनदेखि २१ दिनसम्म उपचारका लागि बस्ने गरेका जनाइएको छ । सामान्य लक्षण देखिएकालाई समेत आइसोलेशनमा राखेर उपचार गरिएको थियो । जिल्लामा हालसम्म ६ हजार ३१२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारीले जानकारी दिए ।
जिल्लामा हालसम्म ३८ हजार जनाको स्वाब परीक्षण, १०१ को मृत्यु र पाँच हजार ९२० निको भएका छन् । हाल २९१ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये २६४ जना होम आइसोलेशन तथा २७ जना विभिन्न अस्पतालको आइसोलेशनमा रहेका छन् । सक्रिय संक्रमितमध्ये महानगरका २३५ जना छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.39
148.99
European Euro
1
175.06
175.76
UK Pound Sterling
1
200.75
201.56
Swiss Franc
1
189.65
190.41
Australian Dollar
1
106.40
106.83
Canadian Dollar
1
108.49
108.93
Singapore Dollar
1
116.62
117.09
Japanese Yen
10
9.32
9.36
Chinese Yuan
1
21.75
21.84
Saudi Arabian Riyal
1
39.56
39.72
Qatari Riyal
1
40.70
40.86
Thai Baht
1
4.63
4.65
UAE Dirham
1
40.40
40.56
Malaysian Ringgit
1
37.54
37.70
South Korean Won
100
10.03
10.07
Swedish Kroner
1
16.18
16.25
Danish Kroner
1
23.42
23.52
Hong Kong Dollar
1
18.95
19.03
Kuwaity Dinar
1
484.62
486.58
Bahrain Dinar
1
393.53
395.12
Omani Rial
1
385.42
386.98