२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025
२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025 Thursday

‘राष्ट्रिय एकता, पारस्परिक सद्भाव र सहिष्णुताका मौलिक पहिचान हो’ : प्रम

प्रकाशित मिति : २०७७ पुष १५ गते
- ADVERTISEMENT -

काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री ओलीले भाषा, धर्म, संस्कृति, भेषभूषा लगायतका विविधता बहुमूल्य पूँजी भएको बताउनुभएको छ ।
आज तमु ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा बस्ने सम्पूर्ण तमु (गुरुङ), यमरी पूर्णिमा, उद्यौली पर्वहरुको शुभकामना व्यक्त गर्नुभएको छ । एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले नयाँ वर्षकोरुपमा मनाइने ल्होसार पर्वका अवसरमा सुस्वास्थ्य, दीर्घायू तथा उत्तरोत्तर प्रगतिको कामनासमेत गर्नुभएको हो ।
सन्देशमा भनिएको छ, ‘हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त मुलुक हो । यहाँ बहुसांस्कृतिक विशेषताहरु मौलिक पूँजीको रुपमा रहेका छन् । हाम्रा प्रचलित भाषा, धर्म, संस्कृति, भेषभूषा लगायतका विविधता हाम्रा बहुमूल्य पूँजी हुन् । एकता र सहिष्णुताको यस पूँजीलाई हामीले समृद्ध देश निर्माणमा सदुपयोग गर्नु पर्दछ ।’ नेपालका यस्ता पर्वहरु हाम्रो राष्ट्रिय एकता, पारस्परिक सद्भाव र सहिष्णुताका मौलिक पहिचान भएको पनि बताउनुभएको छ । ‘विभिन्न संस्कृतिमा आधारित यस्ता पर्वहरु हाम्रो राष्ट्रिय एकता, पारस्परिक सद्भाव र सहिष्णुताका मौलिक पहिचान हुन् । नेपालको संविधानले धार्मिक स्वतन्त्रता र भाषा तथा संस्कृति सम्बन्धी विषयलाई मौलिक हकको रुपमा सुनिश्चित गरेको छ,’ सन्देशमा भनिएको छ ।
प्रधानमन्त्रीले सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को महाअभियान सुरु गरेको स्मरण गर्दै यो अभियानलाई सफल पार्न तमु समुदायले पूर्णरुपमा सहकार्य गर्ने विश्वास व्यक्त गर्नुभएको छ । ‘न्याय, राष्ट्रिय एकता, स्वाधीनता, राष्ट्रिय अखण्डता र देशभक्तिलाई केन्द्रमा राख्दै अनुशरण गरिने अक्षुण्ण एकता, सद्भाव र सहिष्णुता हाम्रो राष्ट्रिय विशेषता हो,’ सन्देशमा भनिएको छ, ‘यस विशेषतालाई आत्मसात गर्दै हामी समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आंकाक्षा पूरा गर्ने अभियानमा छौं ।’

- ADVERTISEMENT -