२०८३ भाद्र ४, बिहीबार
August 20, 2026
२०८३ भाद्र ४, बिहीबार
August 20, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

मन्त्रीहरूको फेरबदलबारे कुनै तयारी छैन : सभापति लामिछाने

प्रकाशित मिति : २०८३ भाद्र ३ गते
file photo

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र मन्त्री फेरबदल गर्ने कुनै तयारी नरहेको स्पष्ट पारेका छन् ।

बुधवार सिंहदरबारमा संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसंग कुरा गर्दै उनले मन्त्रीहरूको कार्यक्षमतालाई लिएर केही प्रश्न उठेका भए पनि अहिले नै मन्त्री फेरबदल गर्ने पक्षमा आफूहरू नरहेको बताए । उनले सरकारलाई प्रश्न गर्ने अधिकार सबैसँग रहेको र रास्वपाका सांसदहरूले पनि प्रश्न सोध्ने गरेको उल्लेख गरे । त्यसलाई मन्त्री परिवर्तनसँग जोडेर हेर्न नहुने उनको भनाई छ ।

- ADVERTISEMENT -

Advertisement

उनले भने, ‘प्रश्नहरू आउनु भनेको स्वाभाविक हो, त्यसलाई हामी अस्वाभाविक लिँदैनौँ । रास्वपाभित्र आफ्नै दल भएपनि हामी प्रश्नहरू सोध्ने गरेका छौँ, तपाईँले देख्दै आउनुभएको छ, हामी गर्छौँ प्रश्न गर्ने हाम्रो एउटा परिपाटी पनि छ । यसको अर्थ कुनै मन्त्री फेर्ने बिल्कुल छैन । कुनै त्यस्तो तयारी पनि छैन । त्यस्तो कुनै छलफल पनि छैन ।’

रास्वपाभित्र प्रश्न गर्ने र त्यसको जवाफ खोज्ने परिपाटी रहेको उनको दाबी छ । सभापति लामिछानेले आफू र प्रधानमन्त्री बालेन्द्र साहबीच कुनै मतभेद वा विवाद नरहेको पनि बताए । उनले दुई नेताबीच विवाद रहेको समाचारले आफूहरूलाई झन् नजिक ल्याउने बताउँदै प्रधानमन्त्री साहले सामाजिक सञ्जालमा ‘एक्लै लडिरहेको छु’ भनेर लेखेका विषयलाई राजनीतिक अर्थमा व्याख्या गर्न नहुने पनि बताए ।

प्रधानमन्त्री कलाकार र कवि पनि भएकाले उनको अभिव्यक्तिका प्रत्येक शब्दमा राजनीतिक अर्थ खोज्न आवश्यक नरहेको उनको भनाई छ । उनले सिङ्गो पार्टी प्रधानमन्त्रीसँगै उभिएको जिकिर गरे ।

उनले भने, प्रधानमन्त्रीले लेख्नुभएको विषय अर्कै हो, उहाँ त एउटा पोएट पनि हो नि त । एउटा कलाकार पनि त हो नि त । एउटा कविको यत्रो भीडमा पनि मैले एक्लो महसुस गर्न सक्दिन र रु कति मान्छे हुनुहुन्छ तपाईँहरू । त्यसकारणले त्यस्तो त्यो हामीले सोचेजस्तो हो कि हरेक शब्दका अर्थहरू खोज्न गयौँ भने त्यसको राजनीतिक अर्थ भन्ने नै हुँदैन नि । यत्रो सिङ्गो पार्टी उहाँँसँग उभिएको छ ।’

उनले केन्द्रीय समितिलाई पूर्णता दिने प्रक्रिया पनि तत्काल सम्पन्न गर्नुपर्ने विषय नभएको बताए । पाँच वर्षभित्र क्रमशः अघि बढाउने कार्ययोजना रहेको बताउँदै उनले महाधिवेशनपछि पार्टीभित्रको समायोजन प्रक्रिया सकिसकेकोले विधानले सभापतिलाई दिएको अधिकारअनुसार योग्य व्यक्तिहरूलाई क्रमशः जिम्मेवारीमा ल्याउने बताए ।

रास्वपाभित्र दुई धार वा गुट रहेको भन्ने दाबीलाई पनि उनले अस्वीकार गरे । उनले पार्टीभित्र कुनै गुट नरहेको दाबी गरे । आफ्नो र प्रधानमन्त्री साहबीचको सम्बन्ध व्यक्तिगत बाचा नभई देश र इतिहासप्रतिको साझा प्रतिबद्धता भएको बताए । देशको भविष्य र इतिहासप्रति जिम्मेवार भएर सरकारले काम गरिरहेको दाबी गर्दै उनले सामान्य घटनालाई लिएर राजनीतिक सम्बन्ध बिग्रिएको निष्कर्ष निकाल्नु उचित नहुने बताए ।

सभापति लामिछानेले सरकारले राम्रोसँग काम गरिरहे पनि व्यवस्थापनमा केही कमजोरी देखिएको बताए । ग्यासमा हाल देखिएको अभावलाई सरकारको असफलतासँग जोडेर हेर्न नहुने बताउँदै उनले राम्रो काम गर्दागर्दै पनि कहिलेकाही समस्या देखिने गरेको बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.91
153.51
European Euro
1
177.46
178.16
UK Pound Sterling
1
207.29
208.11
Swiss Franc
1
188.71
189.45
Australian Dollar
1
108.23
108.65
Canadian Dollar
1
110.23
110.67
Singapore Dollar
1
119.80
120.27
Japanese Yen
10
9.61
9.65
Chinese Yuan
1
22.69
22.78
Saudi Arabian Riyal
1
40.73
40.89
Qatari Riyal
1
41.95
42.11
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
41.64
41.80
Malaysian Ringgit
1
37.69
37.83
South Korean Won
100
11.00
11.04
Swedish Kroner
1
16.08
16.15
Danish Kroner
1
23.74
23.83
Hong Kong Dollar
1
19.50
19.57
Kuwaity Dinar
1
497.83
499.79
Bahrain Dinar
1
405.58
407.17
Omani Rial
1
397.16
398.72