२०८३ बैशाख ७, सोमबार
April 20, 2026
२०८३ बैशाख ७, सोमबार
April 20, 2026 Monday
- ADVERTISEMENT -

नेपालगन्ज र विराटनगरको विमानस्थललाई अन्तराष्ट्रियस्तरको विमानस्थल बनाउने

प्रकाशित मिति : २०७७ मंसिर १६ गते

नेपालगन्ज / संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपालगन्ज र विराटनगरको विमानस्थललाई अन्तराष्ट्रिय स्तरको बिमानस्थलका रुपमा विस्तार गरिने बताएका छन् ।
नेपालगञ्ज विमानस्थलमा नवनिर्मित विस्तारित विमान पार्किङ क्षेत्रको मंगलबार उद्घाटन गर्दै मन्त्री भट्टराईले पछिल्ला दिनमा नेपालगञ्ज र विराटनगर विमानस्थललाई प्राथमिकतामा राखेको बताएका हुन् ।
उनले नेपालगञ्ज विमानस्थललाई नेपालको ‘हव एयरपोर्ट’को रुपमा विकास गरिने बताए । मन्त्री भट्टराईले विस्तारित पार्किङ क्षेत्रमा एटिआर ७२ साइजका कम्तीमा पनि छ वटा जहाज एकसाथ पार्किङ गर्नसक्ने र एयरबस ३२० सम्मका जहाज पार्किङ हुनसक्ने अवस्थामा नेपालगञ्ज विमानस्थल पुगेको बताए ।
उक्त पार्किङ क्षेत्रको निर्माण कार्य रु २८ करोड ५३ लाखको लागतमा निर्धारित समयमै सम्पन्न भएकोमा नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपालगञ्ज नागरिक उड्डयन कार्यालय र निर्माण कम्पनीलाई धन्यवाद दिँदै उनले नेपालगञ्जमा सञ्चालन हुने थप निर्माण कार्य पनि समयमै सम्पन्न हुने अपेक्षा व्यक्त गरे।
२०७५ कात्र्तिक १५ गते सिलान्यास गरिएको विमानस्थलको पार्किङ २ बर्षमा निर्माण कार्यसम्पन्न भई सुचारु गरिएको छ ।
उनले प्रदेशको राजधानी नहुँदैमा नेपालगञ्ज शहरको महत्व नघट्ने बताउँदै राजधानी नबन्दैमा निराश नहुन नेपालगञ्जवासीलाई आग्रह गरे ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.39
148.99
European Euro
1
175.06
175.76
UK Pound Sterling
1
200.75
201.56
Swiss Franc
1
189.65
190.41
Australian Dollar
1
106.40
106.83
Canadian Dollar
1
108.49
108.93
Singapore Dollar
1
116.62
117.09
Japanese Yen
10
9.32
9.36
Chinese Yuan
1
21.75
21.84
Saudi Arabian Riyal
1
39.56
39.72
Qatari Riyal
1
40.70
40.86
Thai Baht
1
4.63
4.65
UAE Dirham
1
40.40
40.56
Malaysian Ringgit
1
37.54
37.70
South Korean Won
100
10.03
10.07
Swedish Kroner
1
16.18
16.25
Danish Kroner
1
23.42
23.52
Hong Kong Dollar
1
18.95
19.03
Kuwaity Dinar
1
484.62
486.58
Bahrain Dinar
1
393.53
395.12
Omani Rial
1
385.42
386.98