रत्ननगर / प्रहरीले पुरातात्यिक मुर्ति चोरीमा संलग्न रहेको आशंकामा रत्ननगरका तीन जनालाई पक्राउ गरेको छ । १०० बर्ष पुरानो बुद्धको मुर्ति चोरीमा संलग्न रहेको आशंकामा रत्ननगर १२ का निर्वाचित वडा सदस्य सहित तीन जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय टाँडीले २७ किलो मुर्ति चोरीमा संलग्न रहेको आशंकामा रत्ननगर नगरपालिका वडा नं १२ का वडा सदस्य ठुलोकान्छा तामाङ सहित सहित सोही वडाका सुरज तामाङ र रत्ननगर ११ रोजबहादुर योञ्जनलाई शनिवार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो ।
बागमती प्रदेश प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय टाँडीले रत्ननगर १२ जिरौनाका जहारसिंह तामाङको घरमा लुकाइ छिपाई राखेको अवस्थामा मुर्ति बरामद भएको ईलाका प्रहरी कार्यालय टाँडीका डिएसपी रबिन कार्कीले जानकारी दिए ।
अन्दाजी १०० बर्ष पुरानो पुरातात्यिक महत्वको पित्तलको बुद्धको मुर्ति बरामद भएको कार्कीले बताए । पक्राउ परेकाहरुलाई जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ । कानुन अनुसार उनीहरु दोषी ठहर भए ५ देखि १५ बर्ष सम्म कैद हुन सक्ने कानुनी व्यबस्था रहेको ईलाका प्रहरी कार्यालय टाँडीका प्रहरी निरीक्षक प्रकाश शाहले जानकारी दिए ।
- ADVERTISEMENT -

१०० वर्ष पुरानो बुद्धको मुर्ति चोरीको आशंकामा तीन जना पक्राउ
January 2, 2021

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
