२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026
२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026 Friday
- ADVERTISEMENT -

चितवनका पत्रकारत्रयको तीन कृतिमाथि समीक्षा

प्रकाशित मिति : २०७७ पुष १९ गते
Photo : tukhabar

मकवानपुर / बागमती प्रदेशको राजधानी हेटौंडामा चितवनका लेखक तथा पत्रकार क्रमश सूर्यप्रकाश कंडेलको उपन्यास ‘मोसो’, बसन्त पराजुलीको कथा संग्रह ‘कुमाता’ र विनोदबाबु रिजालको कोभिड डायरी ‘एकान्तवास’ माथि परिचर्चा गरिएको छ । मकवानपुरका साहित्यकारहरुको संस्था राउण्ड टेवल गसिपद्वारा आयोजित पुस्तकमाथिको परिचर्चा कार्यक्रममा साहित्यकारहरु क्रमश घनश्याम घिमिरे, निमेश निखिल र शान्ति प्रियबन्दनाले कृतिमाथिको समालोचनात्मक टिप्पणी गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि मकवानपुरका प्रमुख जिल्ला अधिकारी एवम् लेखक साहित्यकार गोविन्द रिजालले साहित्य र पत्रकारिता दुबै समाजको मार्ग दर्शक भएको बताए । साहित्यमा कमिकमजोरी रहे पनि त्यसलाई सुधार गर्दै लैजानुपर्ने बताउँदै उनले तीनै जना साहित्यकार एवम् पत्रकारको रचना समाजको सम्पती भएको उल्लेख गरे ।
साहित्यकार कँडेलद्वारा लिखित उपन्यास ‘मोसो’ पत्रकारिताका नाममा हुने विकृतिकाबारे विषय उठान गरिएको कृति भएको साहित्यकार घिमिरेले टिप्पणी गरे । उनले पुस्तकको विषयबस्तु उत्कृष्ट रहेको तर कैयन स्थानमा विषय दोहोरिएका र भाषागत त्रुटि रहेको बताए ।
घिमिरेले पुस्तकमा पत्रकारिताभित्रका विकृति बारे गहिराइमा जान नसकेको र गम्भीर विषयलाई पक्रेर पनि गम्भीर ढंगले नै पस्कन नसकेको भन्दै उपन्यास सोचेजति आकर्षक नभएको टिप्पणी गरे । उपन्यास आफैँमा एउटा बेग्लै संसार भएको भन्दैे, विभिन्न पात्र, परिवेश, घटना, वेदना, आक्रोश, द्वन्द्व, कौतुहलता हुने सूर्यप्रकाश कँडेलले बताए । मोसोमा यी कुरा भएकोले एउटा सामाजिक सन्देश दिन खोजेको उनको भनाई छ । उनले भने – पत्रकार भन्दैमा सबै दूधले नुहाएका नहुने पत्रकारिताको आवरणमा गलत हुने भएकाले ‘मोसो’ उपन्यासबाट सो सन्देश दिन खोजिएको छ ।
वि.सं २०५५ असोजमा चितवन पोष्ट साप्ताहिकबाट पत्रकारिताको यात्रा शुरु गरेका कँडेल गहन समाचार र फिचर लेखनमा दख्खल राख्छन् । पत्रकार कँडेल चितवनमा रहेर सफल खबर डटकममार्फत पत्रकारितामा क्रियाशील छन् । यसअघि उनले १४ वर्षसम्म अन्नपूर्ण पोष्ट दैनिकको चितवन संवाददाताकोे रुपमा रहेर काम गरेका थिए । उनको ‘मोसो’ उपन्यास पहिलो कृति हो ।
त्यसैगरी २ दशकदेखी गोरखापत्र राष्ट्रिय दैनिकमा आवद्ध रहेका पत्रकार पराजुलीको पहिलो कथासंग्रह ‘कुमाता’ मा सामाजिक यथार्थ चित्रण गरिएका कथाहरु रहेका छन् । उनको पुस्तकमाथि साहित्यकार निमेश निखिलले टिप्पणी गरेका हुन् । उनले संग्रह भित्रका सबै कथा सामाजिक यथार्थ परक र रोचक रहेको बताए । कथा संग्रहले आम पाठकको मन तान्ने र सोच्न बाध्य बनाउने उनले बताए । कथा संग्रहमा संग्रहित पहिलो कथा ‘पत्रकार’ मा रिपोर्टिङमा दिन रात नभनी खटिनुपर्ने, समाचार बनाउँदा ज्यान मार्नेसम्मका धम्की र जोखिम उठाउनुपर्ने , न्याय खोज्दा नपाउने, न्युन पारिश्रमिक त्यो पनि समयमा नपाउने आदि आम पत्रकारका वास्तविक पीडालाई दसाइएको छ ।
‘छापामारको प्रेम’ ले द्वन्द्वकालिन समयको एउटा कहालीलाग्दो यथार्थ कथा प्रस्तुत गरेको छ । ‘उकुच’ र ‘दशैं’ कथा गरिबीका कारण बैदेशिक रोजगारीमा जान बाध्य नेपाली, त्यहाँ उनीहरुको अवस्था अनि स्वदेशमा उसको जहानको अवस्थाका बारेमा मार्मिक र यथार्थ कथा प्रस्तुत गरिएको छ । ‘कुमाता, परिवन्द, अस्मिता, नियति’ जस्ता सामाजिक यथार्थवादी विषय समेटेर तयार पारिएको सो कथा संग्रहमा दशवटा कथा रहेका छन् । साहित्यकार निखिलले उनले कथामा नविन प्रयोग नभएको र परम्परागतरुपमा रहेका कथाका शैलीलाई आगामी कृतिमा नयाँ प्रयोग गर्न सुझाव दिए ।
त्यसै विनोदबाबु रिजालले कोरोना भाइरसका कारण गरिएको लकडाउनका अनुभूति संगालेर लेखेको पुस्तक ‘एकान्तवास’ कृति युरेका पब्लिकेसनले प्रकाशन गरेको हो । शान्ति प्रियबन्दनाले पुस्तक कोरोना कालको दस्तावेज भएको बताइन् । उनले पुस्तकमा चैत ८ देखि असार १ गतेसम्मका मुख्य घटनाक्रम, तथ्यांक र अनुभूतिलाई समावेश गरिएको बताइन् । ती घट्नाक्रममा धेरै विषय दोहोरिएको र पुस्तक रोचक नभएको उनको टिप्पणी थियो । सधैँ समाचार लेखिरहने पत्रकारले हरेक दिनका मुख्य घटनाकै प्रभाव समेटेको चर्चा शान्तिप्रिय बन्दनाले गरिन् । उनले यो कृति भावी पुस्ताका लागि दस्ताबेज हुनसक्ने भन्दै कयैन मुख्य घटनाहरु समावेश गर्न छुटेको बताइन् ।
लेखक रिजालले एकान्तवास अविष्मरणीय लकडाउनको सम्झनाको संगालो भएको बताए । उनले भने, ‘गहिरो कल्पनामा डुबेर लेखिएको किताब होइन, कोरोना त्रास र लकडाउनको कालो दिनलाई सम्झने र टिपोटको प्रयास गरेको हुँ ।’ लकडाउन अवधिमा अर्थतन्त्र र सामाजिक जीवनमा पारेका प्रभावलाई एकीकृत गरी पुस्तकको आकार दिएको उनले बताए । कृतिमा लकडाउन अवधिमा भएका राजनीतिक उतारचढाव, प्रधानमन्त्रीका अभिव्यक्तिहरु, नयाँ नक्सा जारी, संक्रमितको बढ्दो प्रभाव लगायतका घटना समेटिएका छन् ।
रिजालले डायरीलाई ७८ मूल शीर्षकमा लेखेका छन् । पत्रकार रिजाल कायाकैरन दैनिकका सम्पादक हुन् ।
राउण्ड टेवल गसिपका संयोजक राम अविकासको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार आरसी रिजाल, हयग्रीब आचार्य, नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष भानुभक्त आचार्य, बागमती प्रदेश समितिका सल्लाहकार गिरिजा अधिकारी, वर्तमान उपाध्यक्ष कुमार अधिकारी, सरिता दाहाल, लगायत सहभागी थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.56
152.16
European Euro
1
177.58
178.28
UK Pound Sterling
1
205.10
205.91
Swiss Franc
1
193.06
193.82
Australian Dollar
1
108.60
109.03
Canadian Dollar
1
110.96
111.40
Singapore Dollar
1
118.86
119.33
Japanese Yen
10
9.68
9.72
Chinese Yuan
1
22.20
22.29
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.58
41.74
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.26
41.43
Malaysian Ringgit
1
38.18
38.33
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.41
16.47
Danish Kroner
1
23.77
23.86
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.32
402.91
Omani Rial
1
393.64
395.20