June 13, 2024

उमाले पाइन् १२ लाख बीमा रकम

January 7, 2021

चितवन / यूनियन लाईफ ईन्स्योरेन्स कम्पनि लि. र स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि.को संयुक्त आयोजनामा बाह्र लाख बीमा रकम हस्तान्तरण गरिएको छ । बीमा रकम उमा ढकाललाई उनकै निवास भरतपुर–११, जागृतिचोक पुगेर दिइएको स्वर्णलक्ष्मी सहकारीका अध्यक्ष कृष्णकुमार तामाङले जानकारी दिए ।
अध्यक्ष तामाङका अनुसार उमाका श्रीमान् रामभक्त ढकालको गत कार्तिक २३ गत्ते कोभिड–१९ बाट मृत्यु भएपछि बीमा रकम पाएका हुन् ।
संस्थाका अध्यक्ष तामाङले रामभक्त ढकालकोे निधनप्रति समवेदना प्रकट गरेका थिए भने बक्यौता ऋण रकममध्ये हालसम्म लागेको सम्पूर्ण ब्याज रकम मिनाहा गरेको बताए ।
सो अवसरमा कम्पनीका ब्यवस्थापक भिमप्रसाद उपाध्याय, ध्रुबराज मिश्र तथा सहकारी संस्थाका अध्यक्ष कृष्णकुमार तमाङ र प्रमुख कार्यकारी अधिकृत तुलसी रामथापा लगायतको उपस्थिति थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -