२०८२ जेष्ठ ३, शुक्रबार
May 16, 2025
२०८२ जेष्ठ ३, शुक्रबार
May 16, 2025 Friday

चितवनमा चालक र सह–चालकको निःशुल्क स्वास्थ्य परीक्षण

प्रकाशित मिति : २०७७ पुष २३ गते
- ADVERTISEMENT -

चितवन / बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि चितवनमा चालक तथा सहचालकको निःशूल्क स्वास्थ्य परीक्षण गरिएको छ । सवारी दुर्घटना बढेपछि जिल्ला ट्राफिक कार्यालयले मौलाकालिका अस्पतालसँग सहकार्य गरेर निःशूल्क स्वास्थ्य परीक्षण गरेको हो ।
७५ जना चालकमा गरिएको स्वास्थ्य परीक्षणमा अधिकांशलाई उच्च रक्तचाप र सुगर रहेको पाइएको जिल्ला ट्राफिक कार्यालय भरतपुरका प्रहरी निरीक्षक दया कृष्ण भट्टले जानकारी दिए ।चालकको स्वास्थ्यमा हुने समस्याका कारण समेत दुर्घटना बढ्दै गएको पाइएको छ । सवारी दुर्घटना न्यूनीकरण गर्न चितवनमा प्रहरी साझेदारी कार्यक्रममार्फत ट्राफिक प्रहरीले बिभिन्न कार्यक्रम गर्दै आएको छ ।
प्रहरीले सामुदायिक प्रहरी साझेदारी कार्यक्रम मार्फत म असल चालक, दुर्घटना न्यूनीकरणका लागि सचेतना मुलक होडिङ बोर्ड, बिभिन्न स्थामा ट्राफिक चिन्ह, जेब्रा क्रसिङको प्रयोग, बिद्यालयमा ट्राफिक प्रहरी प्रशिक्षण लगाएतका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

- ADVERTISEMENT -