मकवानपुर / मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ६ मा रहेको जयकाली आधारभूत विद्यालयका एक सय जना छात्रछात्रालाई न्यानो कपडा वितरण गरिएको छ ।
नेपाली कांग्रेस मकवानपुरका सभापति तथा बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको सहयोगमा विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो ।
विद्यालयको ३० औं वार्षिक साधारणसभाका बीच बिहीबार बकैया गाउँपालिकाका अध्यक्ष एवम् नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्बर १ का सभापति दामोदर खनालले बानियाँबाट सहयोगस्वरुप प्राप्त ट्रयाक सुट हस्तान्तरण गरेका हुन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर भोम्जनको अध्यक्षतामा भएको कार्यक्रममा ६ नम्बर वडाध्यक्ष फूलबहादुर भोम्जन, बकैया गाउँपालिकाका शिक्षा शाखा अधिकृत आइतराम तामाङ, समाजसेवीहरु सुशान्त भोलोन, राजकुमार वाइबा, विजय वाइबा, भीम लामा, पत्रकार विनोद चौलागाईं, विद्यार्थी नेता मिलन पुडासैनी, गंगाराम भोलोन, रमेश फुयाँल, विद्यालयका प्रधानाध्यापक गंगाराम चौधरीलगायतको आतिथ्यतामा रहेको थियो ।
विकट गाउँमा विपन्न विद्यार्थीहरुलाई जाडोको समयमा न्यानो कपडा नहुँदा विद्यालय आउन कठिनाई भएको खबर पाएपछि आफूले व्यक्तिगत रुपमा ट्रयाक सुट सहयोग उपलब्ध गराइएको नेता बानियाँले बताए ।
कार्यक्रमकैबीच समाजसेवी भीम लामाले विद्यालयलाई दुई थान सिलिङ फाइनसमेत सहयोग गरेका थिए ।
- ADVERTISEMENT -

सय विद्यार्थीलाई न्यानो कपडा वितरण

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
149.31
149.91

European Euro
1
175.69
176.39

UK Pound Sterling
1
201.84
202.66

Swiss Franc
1
191.53
192.30

Australian Dollar
1
106.95
107.38

Canadian Dollar
1
109.34
109.78

Singapore Dollar
1
117.42
117.90

Japanese Yen
10
9.38
9.42

Chinese Yuan
1
21.91
21.99

Saudi Arabian Riyal
1
39.81
39.97

Qatari Riyal
1
40.96
41.12

Thai Baht
1
4.66
4.68

UAE Dirham
1
40.65
40.81

Malaysian Ringgit
1
37.79
37.94

South Korean Won
100
10.16
10.20

Swedish Kroner
1
16.33
16.39

Danish Kroner
1
23.51
23.60

Hong Kong Dollar
1
19.07
19.14

Kuwaity Dinar
1
487.38
489.34

Bahrain Dinar
1
395.89
397.48

Omani Rial
1
387.81
389.37












