हेटौंडा / मकवानपुरमा लागु औषध गाँजासहित ८ जना पक्राउ परेका छन् । मनहरी गाउँपालिका वडा नं. ८ सिमपानी स्थित पूर्व पश्चिम लोकमार्ग सडकखण्डको किनाराबाट लागू औषध गाँजा ४४ केजी सहित ८ जना पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा ७ जना राक्सिराङ गाउँपालिका वडा नं. २ का र एकजना कैलाश गाउँपालिकाका रहेका छन् । जसमध्ये राक्सिराङ गाउँपालिका वडा नं. २ का २२ वर्षीय सुजन प्रजा, २५ वर्षीय दिपक लामा, ५२ वर्षीय कान्छाराम लामा, ४५ वर्षीय गोपाल चेपाङ, ३१ वर्षीय रतन सिङतान, ३६ वर्षीय उद्धास ब्लोन, २५ वर्षीय प्रेम मोक्तान र कैलाश गाउँपालिका वडा नं. ४ बस्ने ३४ वर्षीय सिताराम सिङतान रहेका छन् ।
यसैगरी प्रहरीले मनहरी गाँउपालिका वडा नं. ६ बाट लागु औषध गाँजा ८६ के जी बरामद गरेको छ । बिहीबार राति मनहरी गाँउपालिका वडा नं. ६ बाट लागु औषध गाँजा ८६ के जी बरामद गरेको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ ।
मकवानपुरमा ४४ केजी गाँजासहित ८ जना पक्राउ

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
