२०८३ भाद्र १०, बुधबार
August 26, 2026
२०८३ भाद्र १०, बुधबार
August 26, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

‘रामनगरको उन्नति र विकासलाई अति उचाइमा पुर्याउने’ : पूर्व डिजाइजी महत

प्रकाशित मिति : २०७७ माघ १ गते

चितवन / रामनगर पुष्प बाटिका निर्माण समितिको निर्माणाधिन ‘रामनगर पुष्प बाटिका’ले सेवा शुभारम्भ गरेको छ । भरतपुर महानगरपालिका १ रामनगरमा अवस्थित ‘रामनगर पुष्प बाटिका’को पूर्व प्रहरी नायब महानिरीक्षक तथा पतञ्जली योग समिति नेपालका संरक्षक प्रमुख अतिथि ज्ञानेन्द्र बिक्रम महतद्वारा पानसमा दियो प्रज्वलन गरेर उद्घाटन गरिएको हो ।


कार्यक्रमका प्रमुख अतिथि महतले रामनगरको उन्नति र विकासलाई अति उचाइमा पु¥याउने अभिलाषा रहेको बताए । यस ठाउँ सुन्दर बनाउन सबै वर्ग र पदाधिकारीले यसको सुन्दरताको लागि सहयोग गर्नुपर्ने उनको धारणा थियो । रामनगरको विकास गर्नु सबैको दायित्व भएको र सबैले हातेमालो गर्न आवश्यक भएको उनले भने ।
नेपालको मध्य राजमार्गको काखमा रहेकोले देशको कुनै पनि कुनाबाट आउने यात्रुहरुले मानसिक शान्ति प्राप्त गर्ने विश्वास व्यक्त गरे । उनले निर्माणाधिन ‘रामनगर पुष्प बाटिका’ले यस ठाउँको सुन्दरता थपिएको र आगामी दिनमा अझ बढी पूर्वाधारहरु निर्माण गर्ने परिकल्पना समितिको रहेको बताए ।

- ADVERTISEMENT -

Advertisement


कार्यक्रममा प्रहरी शिक्षालय भरतपुरका प्रहरी वरिष्ठ उपरीक्षक बुद्धि गुरुङले यस बाटिकाको लागि दानवीरहरुको ठूलो योगदानले सिंगो नेपालमा सबैको सहयोग गर्ने अनुभूत प्रेरणा सिर्जना भएको उनले बताए । दानवीरहरुको साथ सहयोगले यस नगरलाई सुन्दर बनाउने सिलसिला र सम्पूर्ण नागरिकलाई नै सेवा प्राप्त हुने उनको भनाइ थियो ।
प्रहरी सुरक्षा, शान्तिको लागि सदैव तयार रहेको र यसमा जनताले पनि प्रहरीसँग साझेदारी गर्नुपर्ने उनको धारणा थियो । अप्ठेरो परेको बेलामा प्रहरीले नागरिकलाई सहयोग गर्ने छ भने शान्ति सुरक्षाको सवालमा नागरिकले पनि प्रहरीलाई साथ दिन आग्रह उनले गरे ।
कार्यक्रममा देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेलले समाजमा विकृति, विसंगति बढ्दै गएको बताए । समाजसेवा भावनाले अघि बढेकाहरुले तलब, भत्ता छोडेमात्र समाज परिवर्तन हुने उनको भनाइ थियो । समाजसेवीहरुले विसंगतिलाई हटाउँदै समाज रुपान्तरणमा योगदान दिनुपर्नेमा उनले जोड दिए ।


समितिका प्रमुख संरक्षक तारानाथ कुँवरले यस बाटिकाको आसपासमा टोड्के ताल, मचान, बेलटाँडी ताल, जुगेढाप, सिमसार ताल रहेको पर्यटकीय दृष्टिकोणले अत्यन्त रमणीय रहेको जानकारी गराए । समितिका उपाध्यक्ष भरत कुँवरले बाटिकाको लागि सरकारबाट कुनै पनि सहयोग प्राप्त नभएको बताए । बाटिकाको विकास निर्माणका लागि सबैबाट सहयोग र सुझावको अपेक्षा रहेको उनको भनाइ थियो ।
कार्यक्रममा रामनगर टोल सुधार समिकिा अध्यक्ष टंकप्रसाद न्यौपाने, मौलाकालिका मन्दिरका अध्यक्ष शालिकराम सापकोटालगायत मन्तव्य दिएका थिए । कार्यक्रममै स्थलमै सहयोगी दाताहरु बढ्दै गइरहेको थियो भने ७० वर्ष नाघेका वृद्धवृद्धाहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
कार्यक्रमका सभापति डिलकुमारी लामिछानेद्वारा प्रमुख अतिथि महतलाई मायाको चिनो प्रदान गरिएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.90
153.50
European Euro
1
178.35
179.05
UK Pound Sterling
1
208.46
209.28
Swiss Franc
1
190.57
191.31
Australian Dollar
1
109.55
109.98
Canadian Dollar
1
110.53
110.96
Singapore Dollar
1
120.36
120.83
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.74
22.83
Saudi Arabian Riyal
1
40.72
40.88
Qatari Riyal
1
41.94
42.11
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.63
41.79
Malaysian Ringgit
1
37.82
37.97
South Korean Won
100
11.06
11.10
Swedish Kroner
1
16.11
16.17
Danish Kroner
1
23.86
23.95
Hong Kong Dollar
1
19.51
19.59
Kuwaity Dinar
1
498.45
500.41
Bahrain Dinar
1
405.54
407.13
Omani Rial
1
397.16
398.72