February 8, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -

‘रामनगरको उन्नति र विकासलाई अति उचाइमा पुर्याउने’ : पूर्व डिजाइजी महत

January 14, 2021

चितवन / रामनगर पुष्प बाटिका निर्माण समितिको निर्माणाधिन ‘रामनगर पुष्प बाटिका’ले सेवा शुभारम्भ गरेको छ । भरतपुर महानगरपालिका १ रामनगरमा अवस्थित ‘रामनगर पुष्प बाटिका’को पूर्व प्रहरी नायब महानिरीक्षक तथा पतञ्जली योग समिति नेपालका संरक्षक प्रमुख अतिथि ज्ञानेन्द्र बिक्रम महतद्वारा पानसमा दियो प्रज्वलन गरेर उद्घाटन गरिएको हो ।


कार्यक्रमका प्रमुख अतिथि महतले रामनगरको उन्नति र विकासलाई अति उचाइमा पु¥याउने अभिलाषा रहेको बताए । यस ठाउँ सुन्दर बनाउन सबै वर्ग र पदाधिकारीले यसको सुन्दरताको लागि सहयोग गर्नुपर्ने उनको धारणा थियो । रामनगरको विकास गर्नु सबैको दायित्व भएको र सबैले हातेमालो गर्न आवश्यक भएको उनले भने ।
नेपालको मध्य राजमार्गको काखमा रहेकोले देशको कुनै पनि कुनाबाट आउने यात्रुहरुले मानसिक शान्ति प्राप्त गर्ने विश्वास व्यक्त गरे । उनले निर्माणाधिन ‘रामनगर पुष्प बाटिका’ले यस ठाउँको सुन्दरता थपिएको र आगामी दिनमा अझ बढी पूर्वाधारहरु निर्माण गर्ने परिकल्पना समितिको रहेको बताए ।


कार्यक्रममा प्रहरी शिक्षालय भरतपुरका प्रहरी वरिष्ठ उपरीक्षक बुद्धि गुरुङले यस बाटिकाको लागि दानवीरहरुको ठूलो योगदानले सिंगो नेपालमा सबैको सहयोग गर्ने अनुभूत प्रेरणा सिर्जना भएको उनले बताए । दानवीरहरुको साथ सहयोगले यस नगरलाई सुन्दर बनाउने सिलसिला र सम्पूर्ण नागरिकलाई नै सेवा प्राप्त हुने उनको भनाइ थियो ।
प्रहरी सुरक्षा, शान्तिको लागि सदैव तयार रहेको र यसमा जनताले पनि प्रहरीसँग साझेदारी गर्नुपर्ने उनको धारणा थियो । अप्ठेरो परेको बेलामा प्रहरीले नागरिकलाई सहयोग गर्ने छ भने शान्ति सुरक्षाको सवालमा नागरिकले पनि प्रहरीलाई साथ दिन आग्रह उनले गरे ।
कार्यक्रममा देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेलले समाजमा विकृति, विसंगति बढ्दै गएको बताए । समाजसेवा भावनाले अघि बढेकाहरुले तलब, भत्ता छोडेमात्र समाज परिवर्तन हुने उनको भनाइ थियो । समाजसेवीहरुले विसंगतिलाई हटाउँदै समाज रुपान्तरणमा योगदान दिनुपर्नेमा उनले जोड दिए ।


समितिका प्रमुख संरक्षक तारानाथ कुँवरले यस बाटिकाको आसपासमा टोड्के ताल, मचान, बेलटाँडी ताल, जुगेढाप, सिमसार ताल रहेको पर्यटकीय दृष्टिकोणले अत्यन्त रमणीय रहेको जानकारी गराए । समितिका उपाध्यक्ष भरत कुँवरले बाटिकाको लागि सरकारबाट कुनै पनि सहयोग प्राप्त नभएको बताए । बाटिकाको विकास निर्माणका लागि सबैबाट सहयोग र सुझावको अपेक्षा रहेको उनको भनाइ थियो ।
कार्यक्रममा रामनगर टोल सुधार समिकिा अध्यक्ष टंकप्रसाद न्यौपाने, मौलाकालिका मन्दिरका अध्यक्ष शालिकराम सापकोटालगायत मन्तव्य दिएका थिए । कार्यक्रममै स्थलमै सहयोगी दाताहरु बढ्दै गइरहेको थियो भने ७० वर्ष नाघेका वृद्धवृद्धाहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
कार्यक्रमका सभापति डिलकुमारी लामिछानेद्वारा प्रमुख अतिथि महतलाई मायाको चिनो प्रदान गरिएको थियो ।

- ADVERTISEMENT -