२०८३ भाद्र ४, बिहीबार
August 20, 2026
२०८३ भाद्र ४, बिहीबार
August 20, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

नेपालगञ्ज–पोखरा भदौदेखि उडान पुनः सुरु हुने

प्रकाशित मिति : २०८३ भाद्र ४ गते

नेपालगञ्ज / लामो समयदेखि रोकिएको नेपालगञ्ज–पोखरा नियमित हवाई सेवा यही भदौको अन्तिम सातादेखि पुनः सञ्चालन हुने भएको छ । निजी क्षेत्रको सेवा प्रदायक बुद्ध एयरले यही भदौ ३१ गतेदेखि नेपालगञ्ज–पोखरा उडान पुनः सञ्चालन गर्न लागेको जनाएको छ ।

बुद्ध एयर नेपालगञ्जका प्रमुख विनीतविक्रम शाहले यात्रुको माग बढेकाले उडान पुनः सञ्चालन गर्ने निर्णय भएको जानकारी दिए । उनका अनुसार भारतको उत्तर प्रदेशलाई पोखरासँग सिधा जोड्ने यो उडानका लागि यात्रुको माग बढ्दै गएको छ । गत जेठ ५ गतेदेखि उडान स्थगित गरिएको थियो ।

- ADVERTISEMENT -

Advertisement

भारतबाट आउने धार्मिक पर्यटकको सङ्ख्या घट्नु र इन्धन खर्च बढी भएकाले उडान रोकिएको शाहले बताए । पछिल्लो समय धार्मिक पर्यटकको सङ्ख्या बढ्नाका साथै उडानको माग बढेकाले सेवा पुनः सञ्चालन गर्न लागिएको उनले जानकारी दिए । तालिकाअनुसार आइतबार, बुधबार र शुक्रबार उडान हुनेछ ।

त्यसका लागि बुकिङ खुला गरिएको बुद्ध एयरले जनाएको छ । नेपालगञ्ज–पोखरा उडान पुनः सञ्चालन हुने भएपछि बाँकेका पर्यटन व्यवसायी उत्साहित भएका छन् । पर्यटन प्रवद्र्धन मञ्च बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले पश्चिम नेपालसँगै भारतका नागरिकलाई पोखरासँग सिधा जोड्ने भएकाले यो उडान पर्यटन व्यवसायीका लागि महत्वपूर्ण रहेको बताए ।

उनका अनुसार हवाई सेवा सञ्चालन भएपछि पोखरालगायतका क्षेत्रबाट बागेश्वरी मन्दिर तथा भारतको अयोध्यासहितका धार्मिकस्थलमा पुग्न सहज हुनेछ । साथै बाँके, बर्दिया, दाङ, सुर्खेतलगायत पश्चिम नेपालका नागरिकलाई पोखरा तथा मुस्ताङ पुग्न पनि सहज हुने उनले बताए ।

स्थानीय पर्यटन व्यवसायीको लामो प्रयासपछि २०७८ साल साउन १७ गतेदेखि सातामा तीन दिन नेपालगञ्ज–पोखरा उडान सुरु गरिएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.91
153.51
European Euro
1
177.46
178.16
UK Pound Sterling
1
207.29
208.11
Swiss Franc
1
188.71
189.45
Australian Dollar
1
108.23
108.65
Canadian Dollar
1
110.23
110.67
Singapore Dollar
1
119.80
120.27
Japanese Yen
10
9.61
9.65
Chinese Yuan
1
22.69
22.78
Saudi Arabian Riyal
1
40.73
40.89
Qatari Riyal
1
41.95
42.11
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
41.64
41.80
Malaysian Ringgit
1
37.69
37.83
South Korean Won
100
11.00
11.04
Swedish Kroner
1
16.08
16.15
Danish Kroner
1
23.74
23.83
Hong Kong Dollar
1
19.50
19.57
Kuwaity Dinar
1
497.83
499.79
Bahrain Dinar
1
405.58
407.17
Omani Rial
1
397.16
398.72