२०८३ जेष्ठ १२, मंगलवार
May 26, 2026
२०८३ जेष्ठ १२, मंगलवार
May 26, 2026 Tuesday

नेकपाको संसद विघटन विरुद्ध आन्दोलन अझ प्रभावकारी बनाउने रणनीति

प्रकाशित मिति : २०७७ माघ २ गते
File photo.

काठमाडौं / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षको स्थायी समिति बैठकले प्रधानमन्त्री केपी ओलीको संसद विघटन गर्ने प्रतिगामी कदमविरुद्धको आन्दोलन प्रभावकारी हुँदै गएको निश्कर्ष निकालेको छ । बैठकले आन्दोलनलाई अझ प्रभावकारी बनाउन थप रणनीति तय गर्ने नेताहरुले बताएका छन् । बिहीबारबाट पेरिसडाँडामा सुरु भएको बैठकमा भएको छलफलले यस्तो निश्कर्ष निकालेको हो ।
बैठपछि नेता रघुजी पन्तले अहिलेसम्म भएका संघर्षका कार्यक्रमको समीक्षा गर्दै भावी आन्दोलनका बारेमा बैठकमा छलफल भएको जानकारी दिए । उनले अहिलेसम्मको आन्दोलन प्रभावकारी भएको भन्दै अझै प्रभावशाली बनाउन पहल गर्ने निर्णय भएको बताए । ‘यो आन्दोलन नेकपाको मात्रै नभएर साझा आन्दोलनका रुपमा अघि बढेको हामीले मूल्याँकन गरेका छौ । यो आन्दोलन अझै अघि बढ्छ ।
आमनागरिक, बुद्धिजीवी, न्यायपालिकादेखि बुद्धिजीवीसम्मको सरोकारको विषय हो’ नेता पन्तको भनाई छ । उनले यो आन्दोलनले संविधान, लोकतन्त्र जोगाउँदै मुलुकको डिरेल हुन लागेको राजनीतिलाई ट्रयाकमा ल्याएरमात्रै विश्राम लिने बताए । बिहीबारको बैठकमा नेकपाका प्रदेश इन्चार्जहरुले आन्दोलनका विषयमा रिपोटिङ गरेका थिए ।
त्यस्तै बैठकमा भावी संघर्षका कार्यक्रम कस्ता बनाउने रु भन्ने विषयमा छलफल सुरु भएपनि निर्णयमा पुगिनसकेको नेकपाले जनाएको छ । ‘जारी भएकाले अबका कार्यक्रम कस्ता बन्छन् भन्ने बैठक सकिएपछि थाहा हुन्छ’ पन्तले भने ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.08
152.68
European Euro
1
177.09
177.79
UK Pound Sterling
1
205.24
206.05
Swiss Franc
1
194.64
195.41
Australian Dollar
1
109.03
109.46
Canadian Dollar
1
110.10
110.54
Singapore Dollar
1
119.06
119.53
Japanese Yen
10
9.57
9.61
Chinese Yuan
1
22.42
22.50
Saudi Arabian Riyal
1
40.53
40.69
Qatari Riyal
1
41.72
41.88
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.40
41.57
Malaysian Ringgit
1
38.48
38.63
South Korean Won
100
10.04
10.08
Swedish Kroner
1
16.39
16.46
Danish Kroner
1
23.70
23.79
Hong Kong Dollar
1
19.41
19.49
Kuwaity Dinar
1
495.86
497.82
Bahrain Dinar
1
403.40
404.99
Omani Rial
1
395.01
396.57