२०८३ जेष्ठ २५, सोमबार
June 8, 2026
२०८३ जेष्ठ २५, सोमबार
June 8, 2026 Monday
- ADVERTISEMENT -

‘कम्युनिष्टहरु विषले भरिएको घडा हो’

प्रकाशित मिति : २०७७ माघ ३ गते

चितवन \ नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टहरु विषले भरिएको घडा भएको बताएका छन् । नेपाली काँग्रेस भरतपुर महानगर समितिले आज आयोजना गरेको प्रतिनिधि सभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध आयोजित विरोध सभामा बोल्दै पौडेलले कम्युनिष्टहरु सिद्धान्त मिलेर नभई सत्ता मोहले मात्रै मिलेको बताए ।
सिद्धान्त मिलेर एकता गरेको भए कम्युनिष्टले यति छिट्टै विग्रह नगर्ने भन्दै उनले कम्युनिष्टहरु विषले भरिएको घडा भएको बताए । ‘कम्युनिष्ट भन्ने कुरा विषले भरिएको घडा रहेछ भन्ने छर्लङ्ग भएको छ । सिद्धान्त मिलेर मिलेका रहेनछन्’, उनले भने, ‘स्वार्थका लागि मिलेका रहेछन् । सत्ताको भोग गरौँ भनेरै यिनीहरु मिलेका रहेछन् ।’ सत्तामा कुरा नमिलेपछि फेरि फोडिएको उनले बताए ।
देशलाई ठूलो दुश्चक्रमा फसाउन खोजिएको उनले बताए । प्रधानमन्त्री ओलीले सर्वाेच्च अदालतलाई धम्कि दिएको पौडेलले बताएका छन् । विरोध सभामा बोल्दै पौडेलले भत्किएको प्रतिनिधि सभालाई पुर्नस्थापना गरियोस् भनेर काँग्रेसले विरोध प्रदर्शन गर्दा अदालतलाई कुनै दबाब नपर्ने बताए । ‘ओलीले अदालतमाथि गरेको हस्तक्षेपको हामिले काउन्टर गरेको हो’, उनले भने ।
‘पार्टीमा झगडा भयो भनेर जनताको प्रतिनिधि सभालाई सडकमा फालेर तानाशाह बन्न खोज्ने ?’, उनले भने, ‘राजनितिक निर्णय हो भनेर ओलीले मुद्धालाई खारेज गरिदिन अदालतलाई आदेश दिँदै छन् । प्रधानमन्त्रीले आदेश दिने हो ? दबाब दिने हो ?’ संविधानको अक्षर राम्रोसँग पढिदिन काँग्रेसले न्यायाधिसहरुलाई आग्रह गरेको उनले बताए । लोकतन्त्रमाथि चिरहरण हुँदा काँग्रेस चुप लागेर बस्न नसक्ने उनले बताए । ‘चुनाव आएको छ भनेर कतिलाई रमाइलो लागेको छ ।
अब हाम्रो पालो आइहाल्यो भनेर हतारिएर काँग्रेस दगुर्दैन’, उनले भने । काँग्रेस लोकतन्त्रको रक्षाको लागि जन्मिएको पार्टी भएको भन्दै उनले काँग्रेसले पहिला संविधान र लोकतन्त्र बचाउने बताए । संविधानलाई बचाएर मात्रै काँग्रेस चुनावमा जाने उनले ठोकुवा गरे । ‘यस्ता चुनाव पञ्चायतको पालामा कति आए गए’, उनले भने, ‘लोकतन्त्र बच्नुप¥यो । संविधान जोगाएर मात्रै चुनावको कुरा गर्नुस् ।’ अदालतसँग अपिल गर्न पाउनुपर्ने भन्दै उनले काँग्रेसले अपिल मात्रै गरेको तर ओलीले धम्कि र दबाब दिइरहेको बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.62
152.22
European Euro
1
176.47
177.17
UK Pound Sterling
1
204.25
205.06
Swiss Franc
1
192.51
193.27
Australian Dollar
1
108.29
108.72
Canadian Dollar
1
109.25
109.68
Singapore Dollar
1
118.15
118.62
Japanese Yen
10
9.48
9.52
Chinese Yuan
1
22.41
22.50
Saudi Arabian Riyal
1
40.38
40.54
Qatari Riyal
1
41.62
41.79
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.28
41.45
Malaysian Ringgit
1
37.64
37.79
South Korean Won
100
9.85
9.89
Swedish Kroner
1
16.24
16.30
Danish Kroner
1
23.61
23.70
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
493.96
495.91
Bahrain Dinar
1
402.07
403.66
Omani Rial
1
393.80
395.36