२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025
२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025 Thursday

खैरहनी १३ का वडा अध्यक्ष उप्रेतीको खाना सर्किएर निधन

प्रकाशित मिति : २०७७ माघ १० गते
Photo : Click Khabar
- ADVERTISEMENT -

चितवन / पूर्बी चितवनको खैरहनी नगरपालिका वडा नम्बर १३ का अध्यक्ष बालकुमार उप्रेतीको शुक्रबार साँझ निधन भएको छ । रक्तचाप कम भएर चितवन मेडीकल कलेजमा उपचाररत उहाँको साँझ ७ः४५ बजे निधन भएको हो ।
उपचारका क्रममा स्वास्थ्यमा सुधार आएको भए पनि साँझ खाना खाने क्रममा सर्किएर निधन भएको परिवारले जनाएको छ । रक्तचाप कम भएर उहाँ अचेत भएपछि उपचारका लागि अस्पताल लगिएको थियो । स्वर्गीय उप्रेती मुटुको समस्याबाट पनि पिडित हुनुहुन्थ्यो । स्थानीय तहको निर्वाचनमा ५६ बर्षीय उप्रेती नेपाली काङ्ग्रेसबाट निर्वाचित हुनुभएको थियो । उप्रेतीका श्रीमती र तीन छोरा छन् । उप्रेतीको आज अन्तिम दाहसंस्कार गरिने परिवारले जनाएको छ ।
वडा अध्यक्ष उप्रेतीको निधन प्रती नगर प्रमुख लालमणी चौधरीले दुख व्यक्त गर्दै आजका लागि तय गरिएको आठौं नगर सभा अर्को सूचना जारी नभए सम्मका लागि स्थगित भएको जानकारी दिनुभयो ।

- ADVERTISEMENT -