२०८२ कार्तिक २४, सोमबार
November 10, 2025
२०८२ कार्तिक २४, सोमबार
November 10, 2025 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनमा नेकपा ओली पक्षद्वारा पार्टी कार्यालय स्थापना

प्रकाशित मिति : २०७७ माघ ११ गते
- ADVERTISEMENT -

चितवन / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षको आजबाट भरतपुरमा पार्टी कार्यालय संचालनमा आएको छ । भरतपुरको रिजाल चोकमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला कमिटी चितवनको पार्टी कार्यालय स्थापना गरि काम थालनी गरिएको नेकपा केन्द्रीय सदस्य तथा जिल्ला पार्टी कार्यालय ब्यबस्थापन संयोजक पार्बती रावलले कालिका दैनिक अनलाइनलाई जानकारी दिनु भयो । निर्वाचन आयोगले आधिकारिकता नदिंदाका लागि अस्थायी रूपमा आफ्नो पार्टीले कार्यालय सञ्चालन गरेको र आयोगको निर्णय अनुसार स्थाई कार्यालय सञ्चालन गरिने केेेन्द्रीय सदस्य रावलले जानकारी दिनुभयो ।
नेकपाको पार्टी बिबाद सङसङै भरतपुर, मदननगर स्थित पार्टी कार्यालय (साबिक नेकपा एमालेको पार्टी कार्यालय ) बन्द गरिएको छ । सो कार्यालय हाल प्रहरीले सुरक्षा दिईरहेको छ । त्यस्तै प्रचण्ड- माधव समुहले भने साबिक माओवादी केन्द्रको कृष्णपुर स्थित कार्यालयबाट पार्टीको काम गरिरहेका छन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -