February 8, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -

कक्षा १२ को नतिजा प्रकाशन अझै एक हप्ता

January 25, 2021

काठमाण्डौं / कक्षा १२ को नतिजा प्रकाशन हुन अझै एक हप्ता लाग्ने भएको छ । उत्तरपुस्तिका परीक्षण, सम्परीक्षण सकिएर केन्द्रमा प्राप्त अंकको रुजु गर्ने काम भइरहेकोले यसैहप्ता नतिजा प्रकाशन गरिने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डाक्टर चन्द्रमणी पौडेलले बताउनुभयो ।
विद्यालयबाट प्राप्त विवरणहरु व्यवस्थित नभएका कारण नतिजा प्रकाशनमा ढिलाइ भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डाक्टर पौडेलले बताउनुभयो ।
कोरोनाका कारण रोकिएको कक्षा १२ को परीक्षा गएको मंसिरमा सकिएको थियो । परीक्षा बोर्डले मन्त्रिपरिषद्को स्वीकृतिमा कार्यविधि जारी गरेर ४० पूर्णाङ्कको संक्षिप्त परीक्षा सञ्चालन गरेको हो ।

- ADVERTISEMENT -