२०८२ जेष्ठ ३, शुक्रबार
May 16, 2025
२०८२ जेष्ठ ३, शुक्रबार
May 16, 2025 Friday

दक्षिणकालीको ट्रक दुर्घटनामा दुईको मृत्यु

प्रकाशित मिति : २०७७ माघ १४ गते
- ADVERTISEMENT -

काठमाडौं / काठमाडौंको दक्षिणकालीमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ट्रक चालक मकवानपुर घर भएका ३१ वर्षीय मोहनलाल रुम्बा र सोही ट्रकका परिचालक अछाम घर भई काठमाडौं बस्ने २८ वर्षे गोमबहादुर बुढा रहेका छन् ।
गएराति थाहाखेलबाट फर्पिङ आउँदै गरेको बा ३ ख ६१९९ नम्बरको ट्रक हनुमाने भन्ने स्थानमा दुर्घटना हुँदा उनीहरु गम्भीर घाइते भएका थिए ।
दुर्घटनामा गम्भीर घाइते भएका दुवैको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, ट्रक सडकबाट अन्दाजी ५० मिटर तल खसेको थियो ।

- ADVERTISEMENT -