२०८२ जेष्ठ ३, शुक्रबार
May 16, 2025
२०८२ जेष्ठ ३, शुक्रबार
May 16, 2025 Friday

२४ घण्टामा थप १०९ जनामा कोरोना संक्रमण

प्रकाशित मिति : २०७७ माघ १७ गते
- ADVERTISEMENT -

काठमाडौँ / नेपालमा पछिल्लो २४ घण्टामा थप १०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १०९ जनामा संक्रमण देखिएको हो ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ८५४ पुगेको छ । पछिल्लो २४ घण्टामा ३५० जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ६६ हजार ४८ जना स‌ंक्रमणमुक्त भएका छन् ।
आज कोरोनाबाट थप २ जनाको मृत्यु भएको छ । अहिलेसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई हजार २७ छ । नेपालमा हाल संक्रिय संक्रमितको संख्या २ हजार ७७९ रहेको छ ।

- ADVERTISEMENT -