२०८२ असार ३२, बुधबार
July 16, 2025
२०८२ असार ३२, बुधबार
July 16, 2025 Wednesday

रियल लेभान्टेसँग साविक विजेता रियल मड्रिड पराजित

प्रकाशित मिति : २०७७ माघ १८ गते

एजेन्सी / स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिड पराजित भएको छ। शनिबार राति भएको खेलमा रियल लेभान्टेसँग २-१ गोल अन्तरले पराजित भएको हो।
घरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा रियलले हार टार्न सकेन। खेलको नवौं मिनेटमा इडर मिलिटाओले रातो कार्ड पाएपछि १० खेलाडीमा समेटिएको रियल दबाबमा परेको थियो। खेलको १३औँ मिनेटमा मार्को एसेन्सियोले गोल गर्दै रियललाई १-० को अग्रता दिलाए।
३२औँ मिनेटमा जोसे लुइस मोरालेसले गोल गर्दै लेभान्टेलाई १-१ गोलको बराबरीमा फर्काए। खेलको ७८औँ मिनेटमा रोजर्सले गोल गर्दै लेभान्टेलाई २-१ को जित दिलाए। त्यसअघि खेलको ६४औँ मिनेटमा रोजर्सले पेनाल्टीमा गोल गर्न सकेनन्।
हारसंगै रियलले शीर्ष स्थानको एट्लेटिको मड्रिडविरुद्ध अंक दूरी कम गर्ने मौका गुमाएको छ। दोस्रो स्थानको रियलले २० खेलमा ४० अंक जोडेको छ।पछिल्लो जितपछि लेभान्टे २६ अंक जोडेर नवौँ स्थानमा उक्लिएको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -