नमोबुद्ध / काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिकाले तामाङ समुदायको साँस्कृतिक पर्व सोनाम ल्होछारमा ३ दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । सोमबार बसेको नगर कार्यपालिकाको बैठकले उक्त निर्णय गरेको हो ।
बैठकले सोनाम ल्होछारको अवसरमा नगरपालिका कार्यालय र यस अन्तर्गतका सरकारी कार्यालयमा तीन दिन सार्वजनिक विदा दिने निर्णय गरेको नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले बताए ।
ल्होछारको अवसरमा दिने सार्वजनिक विदाको व्यवस्थापन गर्न कार्यपालिकाले कार्यविधि नै बनाएर आगडि बढ्ने नगर प्रमुख तिमल्सिनाले जानकारी दिए । कुन–कुन दिन सार्वजनिक विदा दिने हो कार्यविधिले नै तय गर्ने तिमल्सिनाले बताए ।
यसबर्षको सोनाम ल्होसार माघ ३० गते परेको छ । उक्त निर्णयलाई नगरसभाको बैठकले अनुमोदन गरेको छ । यससँगै ल्होछारको अवरमा ३ दिन विदा दिने स्थानीय सरकार ४ पुगेको छ । यस अघि तेमाल गाउँपालिका, रोशी गाउँपालिका, महाभारत गाउँपालिकाले ३ दिन सार्वजनिक विदा दिंदै आएको छ ।
- ADVERTISEMENT -

ल्होछारमा ३ दिन सार्वजनिक विदा – नमोबुद्ध नगरपालिका
February 1, 2021

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
