चितवन / चितवन केरा उत्पादक संघको छैैठौ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाट माधवप्रसाद घिमिरे अध्यक्षमा चयन भएको छ । अधिवेशनले वरिष्ठ उपाध्यक्षमा फडिन्द्र लामिछाने, उपाध्यक्ष शंकर प्रसाद सुवेदी, महासचिव जनकराज पन्त, सचिब विवेक दहाल र कोषाध्यक्षमा टंक लामिछाने चयन भएका छन् ।
त्यस्तैगरी सदस्यहरुमा विष्णु भट्टराई, चिरञ्जीवी सापकोटा, ऋषिराम गुरुङ, सरस्वती भन्तना, महेन्द्रसेन ठकुरी, टीकाराम खतिवडा चुनिएको हो । संघको मनोनीत सदस्यमा रामचन्द्र दुवाडी बिनु शाही चयन भएका हुन् भने लेखा समिति संयोजकमा पुण्यप्रसाद देवकोटा र सदस्यमा दिपबहादुर भण्डारी तथा कपिल ढकाल नियुक्त भएका हुन् ।
यसअघि माघ १७ गते भएको साधारणसभा तथा अधिवेशनले सर्वसम्मत रूपमा शुक्रबार कार्यसमिति चयन गरी पद हस्तान्तरण तथा सपथ ग्रहण कार्यक्रम समेत सम्पन्न भएको हो ।
व्यवसायिक केरा खेतीको लागि अब्बल जिल्लाको रूपमा परिचित चितवनमा हाल ७ सय १२ जना व्यवसायिक किसानहरुले केरा खेती गर्दै आएका छन । जिल्लामा ३ हजार ५० बिगाहा क्षेत्रफलमा केरा खेती हुँदै आएको छ ।
चितवन केरा संघमा घिमिरे चयन
February 6, 2021

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
