February 6, 2025
- ADVERTISEMENT -

नेपालमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि

February 13, 2021

काठमाडौँ / नेपालमा पछिल्लो २४ घण्टामा थप ५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ५७ जनामा संक्रमण देखिएको हो ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ६१४ पुगेको छ । पछिल्लो २४ घण्टामा १३३ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ६८ हजार ९२९ जना स‌ंक्रमणमुक्त भएका छन् ।
अहिलेसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई हजार ५४ पुगेको छ । आज कोरोनाबाट कसैको मृत्यु भएको छैन । नेपालमा हाल संक्रिय संक्रमितको संख्या १ हजार ६३१ रहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -