२०८३ जेष्ठ २८, बिहीबार
June 11, 2026
२०८३ जेष्ठ २८, बिहीबार
June 11, 2026 Thursday
- ADVERTISEMENT -

चितवनका पत्रकारद्वय अधिकारी र श्रेष्ठलाई सम्मान

प्रकाशित मिति : २०७७ फाल्गुन ४ गते

चितवन / चितवनका दुई पत्रकार सूर्यप्रसाद अधिकारी र दिनेश श्रेष्ठ सम्मानित भएका छन् । प्रेस युनियन, चितवनका उपाध्यक्ष अधिकारीलाई स्थानीय तथा राष्ट्रिय सञ्चारमाध्यम मार्फत समाज रुपान्तरण र विकासमा कलम चलाएको भन्दै सम्मान गरिएको हो भने दुई दशकदेखि चितवनमा रहेर रेडियो पत्रकारिता मार्फत भूमिका खेल्ने दिनेश श्रेष्ठलाई लक्की मिडीया हाउस चितवको पांँचौ बार्षिकोत्सवको अवसरमा सोमबार सम्मान गरिएको छ ।
पत्रकारद्वय अधिकारी र श्रेष्ठलाई कार्यक्रमका प्रमुख अतिथि पूर्व स्वास्थ्यमन्त्री तथा नेपाली कांँग्रेसका केन्द्रीय सदस्य गगन थापा, विशिष्ट अतिथि वरिष्ठ कलाकार नीर शाह र लक्की मीडीया हाउसका महाप्रबन्धक हरि कार्की लक्कीले सम्मानपत्रसहित दोसल्ला ओडाएर सम्मान गरेका थिए ।
उक्त अवसरमा चिकित्सक, शिक्षाकर्र्मी, व्यवसायी, समाजसेवी र खेलाडीहरु पनि सम्मानित भएका थिए । चिकित्सा विधा अन्तर्गत भरतपुर अस्पतालका मेडिसिन विभाग प्रमुख एवम् नेपाल चिकित्सक संघ चितवन शाखाका निवर्तमान अध्यक्ष डाक्टर प्रकाश खतिवडा, पुरानो मेडिकल कलेजका वरिष्ठ युरोलोजिष्ट डाक्टर सुदिपराज केसी र भरतपुर अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर ओमकृष्ण पाठक रहेका छन् । शिक्षाकर्मी सम्मान अन्र्तगत ग्रीनल्याण्ड स्कुलकी प्राचार्य एवं मेट्रो प्याव्सनका उपाध्यक्ष इन्दिरा कार्र्की, लिटिल फ्लावर स्कुल, नारायणगढका प्राचार्य फादर रोवी र अर्किड स्कुल, भरतपुरका सह प्राचार्य ओमराज मैनालीलाई सम्मानित गरिएको छ ।
यस्तै वार्षिकोत्सव अवसरमा सम्मानित हुनेहरुमा नेपाली सिने क्षेत्रकी नायिका आंँचल शर्मा र अभिनेता विपिन कार्की रहेका छन । खेल विधा अन्तर्गत नवलपुर र चितवनका गरी तीन खेलाडी सम्मानित भएका छन । नवलपरासी–वर्दघाट सुस्तापूर्व जिल्ला फुटवलका संघका महासचिव लक्ष्मण कार्की, एएफसी फुटवल संघका प्रशिक्षक कृष्ण कार्की र ए डिभिजनका फुटबल खेलाडी प्रदिप भण्डारीलाई सम्मान गरिएको हो ।
मिडीया हाउसले चितवनका व्यवसायी क्षेत्रका व्यक्तित्वलाई समेत सम्मान गरेको छ । सुजन प्लानिङ्ग एण्ड कन्ट्रक्सन प्रालि का अध्यक्ष युवा व्यवसायी सुजन ओझा, सफल सर्जिकल हाउसका सञ्चालक अर्जुन रानाभाट र लेक ट्वान्टी थाउजेण्ड एण्ड रिटिट्रका प्रबन्धक राजेश शर्मा आचार्य सम्मानित भएका हुन ्। सो अवसरमा देवघाट क्षेत्र विकास समितिका पूर्व अध्यक्ष एवं समाजसेवी टंकनाथ पौडेललाई समेत सम्मान गरिएको छ् । यस्तै मीडीया हाउसले उत्कृष्ट कार्य गरेको भन्दै मीडिया हाउसकी बजार प्रमुख विमला पौडेल बस्नेतलाई समेत नगदसहित पुरस्कृत गरेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.27
152.87
European Euro
1
176.21
176.91
UK Pound Sterling
1
204.05
204.85
Swiss Franc
1
191.39
192.14
Australian Dollar
1
107.47
107.90
Canadian Dollar
1
109.31
109.75
Singapore Dollar
1
118.47
118.94
Japanese Yen
10
9.51
9.55
Chinese Yuan
1
22.49
22.58
Saudi Arabian Riyal
1
40.56
40.72
Qatari Riyal
1
41.77
41.93
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
41.46
41.62
Malaysian Ringgit
1
37.50
37.64
South Korean Won
100
9.99
10.03
Swedish Kroner
1
16.19
16.25
Danish Kroner
1
23.58
23.67
Hong Kong Dollar
1
19.43
19.51
Kuwaity Dinar
1
495.59
497.54
Bahrain Dinar
1
403.82
405.41
Omani Rial
1
395.48
397.04