चितवन / भरतपुर महानगरपालिका वडा नं. २ आपटाँडी चोकमा ७१औं राष्ट्रिय प्रजातन्त्र दिवस तथा झण्डोतोलन कार्यक्रम गरिएको छ । एक सय चार वर्षको जहाँनियाँ राणाशासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिनको स्मरणमा आज ७१औं राष्ट्रिय प्रजातन्त्र दिवस तथा झण्डोतोलन कार्यक्रम सम्पन्न गरेको हो ।
जिल्ला प्रशासन कार्याल्य चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जनताको आन्दोलनले नै राणशासानको अन्त्य भई देशमा प्रजातन्त्र आएको बताए । प्रजिअ अधिकारीले प्रजातन्त्रको मुल मर्म भनेको राजनीतिक दल र जन प्रतिनिथि रहेको उनको भनाइ थियो ।
उनले प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको जिकिर गरे । सो अवसरमा जीवनभर प्रजातान्त्रिक मूल्य, मान्यता, आदर्श र सिद्धान्तप्रति प्रतिबद्ध रहनुभएका प्रजातन्त्रका सेनानीहरुप्रति उच्च सम्मान प्रकट गरिएको थियो ।
कार्यक्रममा प्रजातन्त्रको स्थापनामा ज्यानको बलिदानी दिने सहिदहरुको सम्झना गरिएको थियो भने जिल्ला समन्वय समिति चितवनको आयोजनामा भएको कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनले सहयोग गरेको हो ।
- ADVERTISEMENT -

७१औं प्रजातन्त्र दिवसको अवसर पारेर आँपटाडी चोकमा झण्डोतोलन
February 19, 2021

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
