२०८३ बैशाख २७, आईतवार
May 10, 2026
२०८३ बैशाख २७, आईतवार
May 10, 2026 Sunday

नेकपा प्रचण्ड–नेपाल समूहद्वारा चितवनमा जनसभा गर्ने

प्रकाशित मिति : २०७७ फाल्गुन ९ गते

चितवन / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चितवनको आयोजनामा फागुन १२ गते भरतपुरमा जनसभा हुनेभएको छ । संसद बिघटनको बिरोधमा जनप्रदर्शन र जनसभा गर्न लागिएको नेकपा चितवनका नेता तेजेन्द्रबहादुर खड्काले जानकारी दिए । भरतपुर केन्द्रीय बस टर्मिनल परिसरमा फागुन १२ गते दिउसो १२ बजे सभा आयोजना गरिएको नेता खड्काले बताए ।
सभामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अघ्यक्ष द्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल सहितका शीर्ष नेताहरूले संबोधन गर्ने कार्यक्रम रहेको छ । पार्टीका प्रचार बिभाग प्रमुख रामचन्द्र अधिकारीका अनुसार जनसभा अघि भरतपुरका विभिन्न ठाउँबाट जुलुस निकालिने छ । चौबिसकोठिबाट सुरु हुने जुलुसमा भरतपुर १,२,३,४,१५,१६,१७,१८,१९,२०,२४,२५,२६,२७ र २८ नम्बर वडाका जनसमुदाय सहभागी हुनेछन् ।
मालपोत चोकबाट सुरु हुने जुलुसमा कालिका नपा, ईच्छाकामना गापा, भरतपुर १०,११,१२ र २९ नम्बर वडाका जनसमुदाय सहभागी हुनेछन् । त्यसैगरी बुद्धचोकबाट सुरु हुने जुलुसमा माडी नपा, भरतपुर ५,६,७,८,१३,१४,२१,२२ र २३ नम्बर वडाका जनसमुदाय सहभागी हुनेछन् । गोन्द्राङबाट सुरु हुने जुलुसमा राप्ती नपा, खैरहनि नपा, रत्ननगर नपा, र भरतपुर ९ का जनसमुदाय सहभागी हुनेछन् । यसका साथै मजदुर, युवा, बिधार्थी, महिला , दलित, सुकुम्बासी , उद्योगी , ब्यवसायी , शिक्षक, कर्मचारी , बुद्धिजीवी , समाजसेवी , नागरिक समाजका सबै जनसमुदायमा जुलुस र सभामा सहभागी हुन नेकपा चितवनले अपिल गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
177.54
178.25
UK Pound Sterling
1
205.30
206.12
Swiss Franc
1
193.82
194.59
Australian Dollar
1
109.18
109.61
Canadian Dollar
1
110.56
110.99
Singapore Dollar
1
119.01
119.49
Japanese Yen
10
9.62
9.66
Chinese Yuan
1
22.18
22.27
Saudi Arabian Riyal
1
40.22
40.38
Qatari Riyal
1
41.41
41.58
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.08
41.25
Malaysian Ringgit
1
38.48
38.63
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.39
16.46
Danish Kroner
1
23.76
23.85
Hong Kong Dollar
1
19.27
19.35
Kuwaity Dinar
1
492.75
494.71
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.89
393.45