चितवन / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चितवनको आयोजनामा फागुन १२ गते भरतपुरमा जनसभा हुनेभएको छ । संसद बिघटनको बिरोधमा जनप्रदर्शन र जनसभा गर्न लागिएको नेकपा चितवनका नेता तेजेन्द्रबहादुर खड्काले जानकारी दिए । भरतपुर केन्द्रीय बस टर्मिनल परिसरमा फागुन १२ गते दिउसो १२ बजे सभा आयोजना गरिएको नेता खड्काले बताए ।
सभामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अघ्यक्ष द्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल सहितका शीर्ष नेताहरूले संबोधन गर्ने कार्यक्रम रहेको छ । पार्टीका प्रचार बिभाग प्रमुख रामचन्द्र अधिकारीका अनुसार जनसभा अघि भरतपुरका विभिन्न ठाउँबाट जुलुस निकालिने छ । चौबिसकोठिबाट सुरु हुने जुलुसमा भरतपुर १,२,३,४,१५,१६,१७,१८,१९,२०,२४,२५,२६,२७ र २८ नम्बर वडाका जनसमुदाय सहभागी हुनेछन् ।
मालपोत चोकबाट सुरु हुने जुलुसमा कालिका नपा, ईच्छाकामना गापा, भरतपुर १०,११,१२ र २९ नम्बर वडाका जनसमुदाय सहभागी हुनेछन् । त्यसैगरी बुद्धचोकबाट सुरु हुने जुलुसमा माडी नपा, भरतपुर ५,६,७,८,१३,१४,२१,२२ र २३ नम्बर वडाका जनसमुदाय सहभागी हुनेछन् । गोन्द्राङबाट सुरु हुने जुलुसमा राप्ती नपा, खैरहनि नपा, रत्ननगर नपा, र भरतपुर ९ का जनसमुदाय सहभागी हुनेछन् । यसका साथै मजदुर, युवा, बिधार्थी, महिला , दलित, सुकुम्बासी , उद्योगी , ब्यवसायी , शिक्षक, कर्मचारी , बुद्धिजीवी , समाजसेवी , नागरिक समाजका सबै जनसमुदायमा जुलुस र सभामा सहभागी हुन नेकपा चितवनले अपिल गरेको छ ।
नेकपा प्रचण्ड–नेपाल समूहद्वारा चितवनमा जनसभा गर्ने

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
