काठमाडौँ / सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीे ओली सरकारसँग वार्ता गर्ने निर्णय गरेको छ । शनिवार सार्वजनिक सो पार्टीका महासचिव नेत्र बिक्रम चन्द बिप्लवद्वारा हस्ताक्षर गरिएको बिज्ञप्तिमा सरकारसँग आफ्नो पार्टी वार्ता गर्न तयार रहेको जनाएकोे हो ।
विप्लवद्वारा जारी गरिएको सो बिज्ञप्तिमा सरकारले सार्वजनिक रुपमा राजनीतिक गतिविधि गर्न सक्ने अवस्थाको सिर्जना गरेमा सरकारसँग वार्ता गर्न तयार रहेको उल्लेख गरेका छन् । तत्कालिन नेकपा माओवादीबाट बिभाजित भई बनेको नेकपामाथि सरकारले विगत दुई वर्षदेखि प्रतिबन्ध लगाउँदै आएको छ ।
विप्लव नेतृत्वको नेकपालाई खुला राजनीतिक गतिविधि गर्न सरकारले रोक लगाएपछि उसका नेता तथा कार्यकर्तालाई पक्राउ गर्ने कार्य ब्यापक बनाउँदै आएको थियो । विप्लवको सो दललाई प्रतिवन्ध लगाइएपछि उसले खुला राजनीतिक गतिविधि गर्न पाएको थिएन ।
आज शनिबार विज्ञप्ती जारी गर्दै नेकपा महासचिव विप्लवले सोही कुरालाई आधार बनाएका छन् । खुला राजनीतिक गतिविधि गर्न सक्ने अवस्था बनेमा सरकारसँग वार्ता गर्न आफू तयार रहेको उनको विज्ञप्तीमा उल्लेख छ ।
यससंगै नेपाली राजनीतिमा नाटकीय ध्रुवीकरण देखिन थालेको छ । विप्लवका नेतालाई भेट्न केही दिन अघि ओली नेतृत्वको मन्त्रीपरिषद्का एक मन्त्री मणि थापा कारागार पुगेका थिए ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

विप्लवद्वारा राजनीतिक गतिविधि गर्न सक्ने अवस्था बनेमा वार्ता गर्ने घोषणा
February 21, 2021

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
