Opens in a new tab
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

प्रेस संगठन नेपाल चितवनको छलफल तथा अन्तक्र्रिया

प्रकाशित मिति : २०७७ फाल्गुन ९ गते

चितवन / प्रेस संगठन नेपाल चितवन शाखाको आयोजनामा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । छलफल तथा अन्तरक्रिया कार्यक्रम पूर्वी चितवनका पत्रकारहरुबीच शनिबार रत्ननगरको टाँडीमा सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै प्रेस संगठन नेपालका केन्द्रीय सदस्य तथा प्रदेश सहसंयोजक शिशिर सिंखडाले संगठनलाई नयाँ स्वरुपमा अघि बढाउने, अग्रजको सम्मान र अनुज पत्रकारलाई एकीकृत गर्दै बनाउँदै लैजाने बताए । कामलाई प्राथमिकता दिने पत्रकारका हक हित र अधिकारका विषयमा सधैँ आवाज उठाउने उनले भने ।
प्रेस संगठन नेपालले पछिल्ला दिनमा सक्रिय रुपमा गतिविधिहरु सञ्चालन गरिरहेको नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कृष्ण गिरीले बताए । उनले आगामी दिनमा पनि यसलाई निरन्तरता दिन आग्रह गरे भने पत्रकार महासंघको आसन्न निर्वाचनमा पनि बलियो उपस्थिति संगठनले देखाउने उनको भनाइ थियो ।
यस्तै पत्रकार महासंघ चितवनका निवर्तमान अध्यक्ष हरि पोखरेलले ढुक्क भएर सबै पत्रकार साथीहरुले संगठनमा गोलबन्द हुन आग्रह गरे ।
पूर्वी चितवन पत्रकार मञ्चका अध्यक्ष होमनाथ सापकोटाले सक्रिय र क्रियाशीलता पत्रकारको महत्वपूर्ण पक्ष रहेको भन्दै त्यसमा ध्यान दिन आग्रह गरे । उनले संगठनका गतिविधिहरु निरन्तर रुपमा हुुनुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा प्रेस संगठन नेपालको वाग्मती प्रदेश कमिटी सदस्य तिलकराम रिमाल, रामकान्त पौडेल, मुकुन्द दाहाल, नवराज ढकाल, पत्रकार महासंघ चितवनका सहसचिव सन्तकुमार चौधरी, डब्लुडब्लुजे चितवनकी पूर्व अध्यक्ष शान्ता अधिकारी लगायतले मन्तव्य दिएका थिए ।
सो कार्यक्रममा पूर्वी चितवनमा क्रियाशील ३० बढी पत्रकारहरुको सहभागिता रहेको थियो । प्रेस संगठन चितवन शाखाका संयोजक सुवास पण्डितको अध्यक्षतामा भएको कार्यक्रम सहसंयोजक कृष्ण आचार्यले संचालन गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.10
153.70
European Euro
1
175.82
176.51
UK Pound Sterling
1
205.08
205.88
Swiss Franc
1
186.22
186.95
Australian Dollar
1
108.99
109.42
Canadian Dollar
1
109.44
109.87
Singapore Dollar
1
119.97
120.45
Japanese Yen
10
9.76
9.80
Chinese Yuan
1
22.86
22.95
Saudi Arabian Riyal
1
40.76
40.92
Qatari Riyal
1
42.01
42.17
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.68
41.85
Malaysian Ringgit
1
37.52
37.67
South Korean Won
100
11.04
11.09
Swedish Kroner
1
15.57
15.64
Danish Kroner
1
23.52
23.62
Hong Kong Dollar
1
19.52
19.59
Kuwaity Dinar
1
498.13
500.08
Bahrain Dinar
1
406.10
407.69
Omani Rial
1
397.66
399.22