चितवन / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले प्रतिनिधि पुनस्र्थापनाको सन्दर्भमा आयोजित विजय सभा सम्पन्न गरेको छ । प्रतिनिधि पुनस्र्थापनाको सन्दर्भमा आयोजित विजय सभा भरतपुर केन्द्रीय बस टर्मिनलमा बुधबार सम्पन्न भएको हो ।
कार्यक्रममा नेकपा स्थायी कमिटी सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि सुरेन्द्र पाण्डेले ओली सेटिङ समाप्त भएको अदालतले प्रमाणित गरिदिएको बताए । सबै ठाउँबाट सम्पूर्ण जनसमुदायको प्रयासबाट ओलीको प्रतिगमन विरुद्धको कदम परास्त भएको उनको भनाइ थियो ।
‘ओलीजी तपाईले प्रतिनिसभा विघटन गर्नुभो’ संसदलाई निमोट्नु भो ।’ उनले भने, ‘संसद पुनस्र्थापना भएपछि यदि तपाईसँग नैतिकता छ भने तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुस् ।’
विजय सभामा नेकपाकी केन्द्रीय सदस्य तथा महानगर इन्चार्ज रेनु दाहालले केपी शर्मा ओलीमा निरंकुशता हावी भएको आरोप लगाइन् । ओलीले घमण्डी तथा स्वेच्छाचारी शासकको प्रदर्शन गरेर सत्ता र शक्ति आफ्नो हातमा लिई प्रतिगमनकारी कदम चालेको उनको भनाइ थियो ।
उनले जनताको दुई महिना बढी लगातार आन्दोलनले स्वेच्छाचारी, दम्भी, घमण्डी शासक ओली परास्त भएको बताइन् । संसद पुनस्र्थापनाले सम्पूर्ण लोकतन्त्रवादी जनताहरुले जीत हासिल गरेको उनले भनिन् ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष कृष्ण खनाल, नेकपाका बागमती प्रदेश संयोजक नारायण दाहाल, जिल्ला अध्यक्ष यमबहादुर परियारलगायतका वक्ताहरुले मन्तव्य दिएका थिए ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

चितवनमा नेकपाको विजय सभा, ‘नैतिकता छ भने तुरुन्त राजीनामा दिनुस ।’
February 24, 2021

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
