२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026
२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026 Friday
- ADVERTISEMENT -

चितवनमा नेकपाको विजय सभा, ‘नैतिकता छ भने तुरुन्त राजीनामा दिनुस ।’

प्रकाशित मिति : २०७७ फाल्गुन १२ गते

चितवन / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले प्रतिनिधि पुनस्र्थापनाको सन्दर्भमा आयोजित विजय सभा सम्पन्न गरेको छ । प्रतिनिधि पुनस्र्थापनाको सन्दर्भमा आयोजित विजय सभा भरतपुर केन्द्रीय बस टर्मिनलमा बुधबार सम्पन्न भएको हो ।
कार्यक्रममा नेकपा स्थायी कमिटी सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि सुरेन्द्र पाण्डेले ओली सेटिङ समाप्त भएको अदालतले प्रमाणित गरिदिएको बताए । सबै ठाउँबाट सम्पूर्ण जनसमुदायको प्रयासबाट ओलीको प्रतिगमन विरुद्धको कदम परास्त भएको उनको भनाइ थियो ।
‘ओलीजी तपाईले प्रतिनिसभा विघटन गर्नुभो’ संसदलाई निमोट्नु भो ।’ उनले भने, ‘संसद पुनस्र्थापना भएपछि यदि तपाईसँग नैतिकता छ भने तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुस् ।’
विजय सभामा नेकपाकी केन्द्रीय सदस्य तथा महानगर इन्चार्ज रेनु दाहालले केपी शर्मा ओलीमा निरंकुशता हावी भएको आरोप लगाइन् । ओलीले घमण्डी तथा स्वेच्छाचारी शासकको प्रदर्शन गरेर सत्ता र शक्ति आफ्नो हातमा लिई प्रतिगमनकारी कदम चालेको उनको भनाइ थियो ।
उनले जनताको दुई महिना बढी लगातार आन्दोलनले स्वेच्छाचारी, दम्भी, घमण्डी शासक ओली परास्त भएको बताइन् । संसद पुनस्र्थापनाले सम्पूर्ण लोकतन्त्रवादी जनताहरुले जीत हासिल गरेको उनले भनिन् ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष कृष्ण खनाल, नेकपाका बागमती प्रदेश संयोजक नारायण दाहाल, जिल्ला अध्यक्ष यमबहादुर परियारलगायतका वक्ताहरुले मन्तव्य दिएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.82
149.42
European Euro
1
175.40
176.11
UK Pound Sterling
1
201.60
202.41
Swiss Franc
1
189.94
190.71
Australian Dollar
1
106.73
107.16
Canadian Dollar
1
108.38
108.82
Singapore Dollar
1
117.02
117.50
Japanese Yen
10
9.36
9.40
Chinese Yuan
1
21.82
21.91
Saudi Arabian Riyal
1
39.67
39.83
Qatari Riyal
1
40.82
40.98
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
40.52
40.68
Malaysian Ringgit
1
37.64
37.79
South Korean Won
100
10.08
10.12
Swedish Kroner
1
16.22
16.28
Danish Kroner
1
23.47
23.57
Hong Kong Dollar
1
19.02
19.09
Kuwaity Dinar
1
486.02
487.98
Bahrain Dinar
1
394.54
396.13
Omani Rial
1
386.54
388.10